• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

स्वास्थ्यमन्त्री बस्नेतद्वारा पर्वत अस्पताल निरीक्षण

  •   शनिबार, कार्तिक ०४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    पर्वत । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पर्वत अस्पतालको निरीक्षण गर्नुभएको छ ।शुक्रबार साँझ यहाँ आउनुभएका मन्त्री बस्नेतले अस्पतालका भौतिक पूर्वाधार र उपचार सेवालगायतका बारेमा जानकारी लिनुभएको हो । हालै गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको मूल्याङ्कनमा प्रदेशभरिमै उत्कृष्ट बनेको अस्पताललाई बधाई दिँदै उहाँले यसको थप स्तरोन्नति र गुणस्तरीय सेवा सुविधा प्रदान गर्नका लागि आवश्यक सहयोग गर्ने जानकारी दिनुभयो ।

    मन्त्री बस्नेतले आधारभूत स्वास्थ्य सुविधा पाउने नागरिकको नैसर्गिक अधिकार रहेको जनाउँदै जिल्लाबाट प्रदान गर्न सकिने सबै सेवा, सुविधा उपलब्ध गराउनसमेत निर्देशन दिनुभएको छ । उहाँले अस्पतालका लागि आवश्यक दरबन्दी, एम्बुलेन्स र अन्य उपकरण उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । सो अवसरमा अस्पताल विकास समितिका अध्यक्ष शङ्कर गिरीले पर्वत अस्पतालको वर्तमान अवस्था, दरबन्दीअनुसारका चिकित्सक र स्वास्थ्यकर्मीको कमी, ५० शय्याको मान्यता प्रदान गर्नुपर्नेलगायतका बारेमा ध्यानाकर्षण गराउनुभएको थियो ।

    उहाँले सुविधासम्पन्न ‘क’ वर्गको एक, अन्य दुईवटा एम्बुलेन्स, युएसजी मेसिन र हाडजोर्नीसम्बन्धी उपकरण उपलब्ध गराइदिन मागपत्रसमेत पेस गर्नुभएको छ । विसं २०४६ मा १५ शय्या क्षमतामा स्थापना भएको जिल्लाको सो अस्पताल अहिले ५० शय्याको रूपमा स्तरवृद्धि भइरहेको छ । अस्पताल विकास समितिले ४१ शय्या थपेर अहिले ५६ शय्या सञ्चालनमा आएका छन् ।

    अस्पतालमा ओपिडी सेवासँगै विभिन्न खालका शल्यक्रिया, डायलायसिस, दन्त, हाडजोर्नी, आँखा उपचारलगायतका सेवा प्रवाह हुँदै आएका छन् । पर्वत, बाग्लुङ र स्याङ्जाका गरी दैनिक तीन सय जनासम्म बिरामी उपचारका लागि आउने गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बाँस्तोलाले जानकारी दिनुभयो ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.