• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

दसैँमा निधार खाली नहुँदा खुसी भए कैदीबन्दी

  •   मङ्गलबार, कार्तिक ०७, २०८० मा प्रकाशित
  • file photo
    • अ
    • अ
    • अ

    दमौली । विजयादशमीको अवसरमा आफन्तको हातबाट टीका लगाउन पाएपछि तनहुँ कारागारका कैदीबन्दी खुसी भएका छन् । विभिन्न अपराधमा सजाय पाएर कारागारमा रहेका कैदीबन्दीले आज आफन्तको हातबाट टीका लगाएपछि खुसी व्यक्त गरेका हुन् ।

    “दसैँका बेला निधार खाली हुन्छ की भन्ने चिन्ता थियो, तर त्यस्तो भएन, आफन्त आउनुभयो, टीका लगाइदिनुभयो,” तनहुँ कारागारमा जेल सजाय भोगिरहनुभएका एक कैदीबन्दीले खुसी हुँदै भन्नुभयो, “कारागारमै हुँदा पनि दसैँको टीका लगाउन पाएँ खुसी लागेको छ ।”कारागारमै रहनुभएका अर्का एक कैदीले पनि दसैँ टीका लगाउन पाएकामा खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “कारागारमै टीका लगाउन पाउँदा घरमै बसेर दसैँ मनाए जस्तो भयो । कारागारभित्रको माहोल पनि दसैँमय बनेको छ ।”

    कारागार प्रशासनले कैदीबन्दीलाई आफन्तको हातबाट टीका लगाउन पाउने व्यवस्था मिलाएको थियो । दसैँमा कैदीबन्दीको निधार खाली नहोस् भन्ने उद्देश्यसहित टीका लगाउने व्यवस्था मिलाइएको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार ४० जना कैदीबन्दीलाई आफन्तले टीका लगाइदिएका थिए । एक जनाका कैदीबन्दीका तर्फबाट दश जनासम्म आफन्त आउनुभएको थियो ।

    अधिकारीले भन्नुभयो, “समय व्यवस्थापन मिलाएर कैदीबन्दीलाई आफन्तको हातबाट टीका लगाउने व्यवस्था मिलाइएको थियो, टीका लगाउन पाउँदा उहाँहरुमा खुसीयाली छाएको छ ।” कैदीबन्दीले दसैँ मनाउनका लागि आवश्यकपर्ने खसीबोका खरिद गर्नका लागि कोष बनाएका छन् । कोषमा सबै कैदीबन्दीले रकम जम्मा गरेका छन् । सोही कोषमा जम्मा गरिएको रकमले खसी, कुखुरालगायत खरिद गरिएको छ ।

    सरकारले दसैँ खर्चबापत प्रत्येक कैदीबन्दीलाई रु तीन सयका दरले रकम उपलब्ध गराउँछ, सोही रकम र मूढा बिक्री गरेर कमाएको पैसा कैदीबन्दीले कोषमा राखेका थिए । तनहुँ कारागारमा दुई सय ८२ कैदीबन्दी छन् । दसैँका लागि कैदीबन्दीले मुढा बुन्ने काम पनि गरिरहेका छन् । मुढा बुनेर कैदीबन्दीले घरमा दसैँ खर्च पठाउने गरेका छन् । कारागारमा बुनिएको मुढा रु तीन सय ५० देखि एक हजारसम्म बिक्री हुने गरेको कारागारका चौकीदार रामकुमार बस्यालले जानकारी दिनुभयो । उहाँका अनुसार दसैँमा रु पाँच लाख बराबरको मुढा बिक्री हुने अनुमान गरिएको छ ।

    यसैबीच नेपाली सेनाको कालीभञ्जन गण (इ), जिल्ला प्रहरी कार्यालय तनहुँ, सशस्त्र प्रहरी मनकामना बल भानुमा पनि सामूहिक टीका लगाइएको छ । सुरक्षा निकायमा कार्यरत सेना तथा प्रहरीलाई प्रमुखले टीका लगाइदिएका थिए ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.