• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

सिद्धार्थ राजमार्ग तरकारी पकेट क्षेत्र तथा सङ्कलन केन्द्रमा जोडिँदै कृषक

  •   शुक्रबार, कार्तिक १०, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    गण्डकी । सिद्धार्थ राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–२२ स्थित ठूलढुङ्गामा पछिल्लो एक दशकयता स्थानीयवासी व्यावसायिक कृषिमा लागेका छन् । उब्जाउयोग्य जमिनका साथै उत्पादित सामानको सहज बजारीकरणले उनीहरू व्यावसायिक कृषिमा उन्मुख भएका हुन् । कृषिप्रति स्थानीयवासीको बढ्दो आकर्षणसँगै पोखरा महानगरपालिकाले पनि यहाँको कृषि विकासलाई प्राथमिकतामा राखेको छ ।

    महानगरपालिकाले यहाँका कृषकको व्यावसायिकतामा सहयोग पुु¥याउने गरी सिद्धार्थ राजमार्ग तरकारी पकेट क्षेत्र तथा सङ्कलन केन्द्र सञ्चालनमा ल्याइसकेको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताउनुुभयो । “किसानलाई व्यावसायिक कृषिप्रति आकर्षित गर्दै छरिएका कृषिजन्य उत्पादन सङ्कलन गरी त्यसको बजारीकरणमा सहयोग पु¥याउने लक्ष्यका साथ हामीले सिद्धार्थ राजमार्ग तरकारी पकेट क्षेत्र तथा सङ्कलन केन्द्र सञ्चालनमा ल्याएका हौँ”, उहाँले भन्नुुभयो, “महानगरपालिकाको सहयोगमा रु चार लाख ७५ हजारको लागतमा भवन निर्माण गरी केन्द्र सञ्चालनमा ल्याइएको छ ।”

    महानगरपालिकाले उत्पादित वस्तुको बजारीकरणका लागि चिस्यान उपकरण जडानसहितको कृषि एम्बुलेन्स पनि सञ्चालनमा ल्याएको बताउँदै प्रमुख कडरियाले यसबाट स्थानीय उत्पादन प्रवद्र्धन गर्दै त्यसलाई सहजरुपमा उपभोक्तासम्म पु¥याउन सकिने विश्वास व्यक्त गर्नुुभयो । “केन्द्रमार्फत सङ्कलित कृषिउपजलाई कृषि एम्बुलेन्समा राखेर बजारमा पु¥याउँदा त्यसले उत्पादनको पहिचान कायम गर्दै उपभोक्तालाई गुणस्तरीयताको प्रत्याभूति गराउँछ”, उहाँले भन्नुुभयो ।

    विगत ११ वर्षदेखि ठूलढुङ्गामा व्यावसायिक तरकारी खेती गर्दै आउनुुभएका विष्णुुप्रसाद पौडेलले तरकारी खेतीबाटै सबै खर्च कटाएर वार्षिक रु छ लाखसम्म बचत गर्दै आउनुुभएको छ । उहाँका फार्ममा मौसमी तथा बेमौसमी सबै किसिमका तरकारी उत्पादन हुने गरेको छ । राजमार्ग क्षेत्र भएका कारण उत्पादित समानको बजारीकरणमा समस्या नभएको बताउँदै पौडेलले महानगरपालिकाले सञ्चालनमा ल्याएको राजमार्ग तरकारी पकेट क्षेत्र तथा सङ्कलन केन्द्रले आफूहरूको उत्पादनको सहज बजारीकरणमा थप सहयोग पुुग्ने विश्वास व्यक्त गर्नुुभयो ।

    “यस केन्द्रसँग यहाँका १६ कृषक समेटिएका छन्”, केन्द्रका अध्यक्षसमेत रहनुुभएका पौडेलले भन्नुुभयो, “केन्द्रको दायरालाई फराकिलो बनाउँदै उपल्लो खाल्सेलाई पनि जोड्ने हाम्रो लक्ष्य छ ।” यहाँको उपल्लो खाल्सेमा ठूलो सङ्ख्यामा स्थानीयवासी व्यावसायिक कृषिमा लागेका छन् । उहाँले ठूलढुङ्गाको १२ रोपनी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गर्दै आउनुुभएको छ । पौडेलको फार्मबाट प्रत्येक महिना १०÷१५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

    अर्का कृषक कुुमार खड्काले आफ्नो फार्ममा काँक्रो, घिरौँला, लौका, सिमी, बोडी, काउली, ब्रोकाउली, टमाटर आदि लगाउँदै आउनुुभएको छ । उहाँले सबै खर्च कटाएर वार्षिक रु पाँच लाखसम्म बचत गर्दै आउनुुभएको छ । सुुरुमा सिमी खेतीबाट व्यावसायिक कृषि थालेको बताउँदै खड्काले पछिल्ला समयमा मौसमी तथा बेमौसमी सबै किसिमका खेती गर्दै आएको जानकारी दिनुुभयो । अर्का कृषक भीमप्रसाद पौडेल करिब साढे पाँच रोपनी जमिनमा व्यावसायिक तरकारी खेती गर्दै आउनुुभएको छ ।

    केन्द्रका उपाध्यक्षसमेत रहेका उहाँले तरकारी खेतीका साथै कुखुरापालन, बाख्रापालन पनि गर्दै आउनुुभएको छ । तरकारीसहित कुखुरा तथा बाख्रा पालनबाट पौडेलले वार्षिक रु पाँच÷छ लाखसम्म बचत गर्दै आएको सुनाउनुुभयो । ठूलढुङ्गामा नै दुुईवटा टनेलमा व्यावसायिक तरकारी खेती गर्दै आउनुुभएकी मनकुुमारी गुुरुङ यस क्षेत्रमा पानीको समस्या रहेको गुनासो गर्नुभयो । बत्ती र पानीको उचित प्रबन्धसँगै बाँदरको व्यवस्थापन हुनसके उत्पादनमा समस्या नरहेको उहाँको भनाइ थियोे ।

    उक्त केन्द्र सञ्चालनले आफूूहरूका उत्पादनले सहजरुपमा बजार पाएपनि पानी, बत्तीजस्ता आधारभूत आवश्यकतामा राज्यका तर्फबाट सहयोग आवश्यक भएको गुरुङले उल्लेख गर्नुुभयो । ठूलढुङ्गा क्षेत्रमा मात्रै ४० वटा टनेलमा तरकारीजन्य उत्पादन भइरहेको छ । पोखरा महानगरपालिका–२२ अन्तर्गत सिद्धार्थ राजमार्ग आसपास क्षेत्रमा पछिल्लो समयमा व्यावसायिक कृषिप्रति आकर्षण बढिरहेको वडा कृषि सञ्जालका अध्यक्ष देवीलाल बरालले बताउनुुभयो । “वडाभित्र एक सय ५० भन्दा बढी सङ्ख्यामा कृषक व्यावसायिक कृषिमा लागेका छन्”, उहाँले भन्नुुभयो, “यहाँ १५ भन्दा बढी समूहगतरुपमा कृषक आबद्ध छन् ।”

    कृषिप्रतिको व्यावसायिक आकर्षणलाई लक्ष्य गरी राज्यका तर्फबाट निरन्तर साथ र सहयोग आवश्यक भएको अध्यक्ष बरालले बताउनुुभयो । पोखरा महानगरपालिकाले उत्पादित कृषिजन्य वस्तुको सहज बजारीकरणसँगै उनीहरूलाई यसतर्फ प्रोत्साहित गर्न विभिन्न ३५ वटा कृषिजन्य वस्तुको न्युनतम समर्थन मूल्य समेत तोकिसकेको महाशाखा प्रमुख कडरियाले बताउनुुभयो । उहाँका अनुसार महानगरभित्रका विभिन्न स्थानमा उत्पादित कृषिजन्य वस्तुका लागि २५ वटा सङ्कलन तथा बिक्री केन्द्रसमेत सञ्चालनमा आइसकेका छन् । रासस 

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    चितवनमा दुई जातका अङ्गुरको परीक्षण
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.