बधाई भाइरस तँलाई
तैँले
नदेखिने पाराबाट अाएर पनि,
तैँले
कसैकाे सहरा लिएर अाए पनि,
जे गरेकाे छस् पुरै ठिक गरेकाे छस् त म भन्दिन
तर तैँले धेरै ठिक गरेकाे छस्
त्यसैले तँलाई बधाई ।
तैँले
हामी नेपालिकाे संस्कार अनुसार
नमस्कार गर्नुकाे सट्टा,
ढाेग गरि शिर झुकाउनुकाे सट्टा,
२ फिट लामाे हात लमतन्न पसार्दै हात मिलाउनेहरू,
छुट्टि नै पर्दैन झैं गरि गम्लङ्ग अङगालाे हाल्नेहरू
अनि लाज नमानि गालामा दाग बस्ने गरि
चुम्बन गर्नेहरू,
बजार बजारमा हिड्दा पनि
कसैले तानेर लान्छन् कि झै गरि
पुरै अङगालाे हालेर हिड्नेहरू
अाज मुर्छा परेकाे देखेर
मलाई हाँसाे लागेकाे छ ।
तेरै प्रभावले अहिले
मानिसले छुनु हुन्न है भन्दै टाढाबाटै
नमस्कार र ढाेग छ है भन्न थालेका छन्
त्यसैले तँलाई बधाई ।
अाफ्नाे स्वार्थकाे लागि
अर्काकाे जीवन माथि खेलवाड गर्न खाेज्नेहरू,
अाफ्नाे स्वार्थकाे लागि अर्काे अस्तित्व मेट्न खाेज्नेहरू,
ठुला ठुला अाणविक हतियारहरू बनाई
कमिसन दिई व्यापार गर्न खाेज्नहरू,
निर्दाेष, गरिब, जनताहरूलाई एक अापसमा लडाई
सहयाेगकाे नाममा शासन गर्न खाेज्नेहरू
अाज अाँफै तँलाई धिक्कार्दै मुर्छा परेकाे देखेर
मलाई हाँसाे लागेकाे छ
त्यसैले तँलाई बधाई ।
अाफ्नाे स्वार्थकाे लागि खानकाे लागि
सुन्दर प्रकृतिमा रहेका धावा बाेलि
जमिनमा रहि हिड्ने देखि
गगनमा उड्ने चरा समेत नछाड्ने
त्यति मात्रै कहाँ हाे र
पानी भित्र रहेका कुनै पनि प्राणिलाई नछाड्नेलाई
तैँले सुटुक्क कसैकाे साथमा अाई
सारा दुनियाँ एकातिर र तिनिहरूका
अस्त्र शस्त्र र गाेलाबारूदहरूलाई वेकम्मा बनाई
पालैपालाे छानिछानि
पछारेकाे देखेर
मलाई हाँसाे लागेकाे छ
त्यसैले तँलाई बधाई ।
अाफ्नाे स्वार्थकाे लागि
अाफ्नाे सन्ततिकाे लागि भन्दै
अर्काकाे सम्पत्ति अनि सन्तान माथि धावा बाेल्नेहरू,
रकेट समेतकाे अाविष्कार गरि
पृथ्विमा नपुगेर चन्द्रमा र मंगल ग्रहमा गई
प्लटिङ गर्न तम्सनेहरू,
ठूला ठूला तारे हाेटलहरूमा सेमिनार, गाेष्ठिकाे
नाममा भाेज भतेर गरि र अझै,
विकास बजेटकाे अधिकांश बजेट सक्न
देश विदेश दाैडाहामा रमाउनेहरू,
अाज टाउकाे समाई
तँलाई धिक्कार्दै , सराप्दै
कुना पसेकाे देखेर
बमलाई हाँसाे लागेकाे छ
त्यसैले तँलाई बधाई ।
तेराे जन्म भएकाे ३ महिना मा नै
तैँले जे गरेकाे छस् ठिक गरेकाे छस्
अझै गर्नु पर्ने मुख्य काम बाँकि छ,
तैले भ्रष्टचारीलाई ढाल्नै बाँकि छ,
तैले शाेषकलाई गाल्न बाँकि छ,
नातावाद कृपावाद फाल्न बाकि छ,
तँले जे गरेकाे छस् ठिकै गरेकाे छस् ।
तेरै प्रभावले नदिनाला समुन्द्रहरू सफा भएका छन्,
त्यहाँ बस्ने प्राणिहरू रमाएकाछन् ,
अाेजन तह बाक्लिदै गएकाे छ,
अाकाश सफा भएका छन्,
मूर्ख मानिसहरू घर भित्रै
नजरबन्दि सरह थन्कि रहेकाले
जङ्गलमा बस्ने जनावर र पछिंहरू रमाएका छन् ।
त्यसैले तँलाई बधाई ।
भरतपुर-११, चितवन
कविता








