गण्डकी । प्रदेशमा थप ४३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै अध्यावधिक विवरण अनुसार गण्डकीमा कोरोना संक्रमितको संख्या ४ हजार ५९ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेज, चितवनमा गरिएको परिक्षणमा ६ जिल्लाका ४३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरुमा तनहुँका ९, लमजुङका ५, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का २६, गोरखाका १, स्याङ्जाका १, बाग्लुङका १ जना रहेको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । संक्रमितहरुमध्ये चितवन मेडिकल कलेज, चितवनबाट कोरोनाको संक्रमण पहिचान भएका सबैजना सोहि अस्पतालको आईसोलेसनमा बसेका छन् । तनहुँको सुक्लागण्डकीका सबैजना बि.पी.कोईराला श्वासप्रश्वास उपचार केन्द्र, तनहुँमा कार्यरत (चिकित्सक, अनमी, सुरक्षागार्ड, लेखा र प्रशासन) रहेका छन् । लमजुङका सबैजना कन्ट्याक्ट ट्रेसिङको क्रममा पहिचान भएको हो । सबैलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको डा. शर्माले जानकारी दिए ।










