• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

पाख्रिनको सांस्कृतिक योगदान, निष्ठा र तपस्या स्मरणयोग्य : प्रधानमन्त्री दाहाल

  •   शनिबार, मङि्सर ०९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनगायक खुसीराम पाख्रिनको नेपाली क्रान्तिमा सांस्कृतिक योगदान, निष्ठा, त्याग र तपस्या स्मरणयोग्य रहेको बताउनुभएको छ । पाख्रिनको छैटौँ स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले पार्टीको नीति र नेतृत्वप्रति पाख्रिनको लगाव र निष्ठा सबैले अनुसरण गर्नुपर्ने बताउनुभयो ।

    “पाख्रिनको नेपालको प्रगतिशील साहित्यिक इतिहासमा मौलिक योगदान छ”, उहाँले भन्नुभयो, “सिद्धान्तनिष्ठ, उद्देश्यप्रति समर्पित, निरन्तर क्रान्ति र आन्दोलनमा समर्पित हुने, सरलता र सहजता उहाँको गुण हो ।” पाख्रिनले कुनै खालको दम्भ, अहङ्कार र अहमता नदेखाएको स्मरण गर्दै उहाँले सामान्य, सरल, पाख्रिनको सकारात्मक रूप रहेको बताउनुभयो । “उहाँ गाउने, गीत लेख्ने, सङ्गीत भर्ने, नृत्य सिकाउने पनि आफैँ गर्नुहुन्थ्यो, पाख्रिनमा बहुआयामिक प्रतिभा थियो”, प्रधानमन्त्री दाहालले भन्नुभयो ।

    प्रधानमन्त्री दाहालले पञ्चायतविरोधी आन्दोलन, जनयुद्ध र शान्ति प्रक्रियामा पाख्रिनको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गर्दै पाख्रिन प्रष्टरूपमा एउटा प्रगतिशील र लोकप्रिय गायकका रूपमा रुपान्तरित हुँदै पार्टी र आन्दोलनसँग जोडिनुभएको बताउनुभयो । “पाख्रिनसँग पहिलो भेटघाट र चिनजान २०३६ सालको ऐतिहासिक जनआन्दोलन वरिपरिबाट भएको हो”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “त्यस समयमा उहाँ गायनकै कारण जिल्लाभरि स्थापित हुनुभयो ।”

    जनयुद्धका क्रममा भारतको प्रवासमा पार्टीलाई सङ्गठित गर्न पाख्रिनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको स्मरण गर्दै उहाँले अखिल भारत नेपाली एकता समाजलाई व्यापक बनाउन र सङ्गठन विस्तार गराउनमा ठूलो योगदान रहेको बताउनुभयो । अखिल नेपाल जनसांस्कृतिक महासङ्घका फ्रयाक्सन इन्चार्ज ईश्वरचन्द्र ज्ञवालीले क्रान्ति, मुक्ति, बलिदान र स्वतन्त्रताको पक्षमा पाख्रिनले गीत रचना गर्नुभएको बताउनुभयो । “उहाँले सामन्तको विरोधमा तथा देशप्रेम र राष्ट्रवादी भावना तथा सर्वहारा वर्गको चेतना जगाउन गीत लेख्नुभयो”, उहाँले भन्नुभयो, “पाख्रिन क्रान्तिकारी आशावादका प्रवर्तक तथा प्रगतिवादी सांस्कृतिक आन्दोलनका धरोहर हुनुहुन्थ्यो ।”

    सो अवसरमा प्रधानमन्त्री दाहालले पाख्रिनको स्मृतिग्रन्थको विमोचन गर्नुभएको थियो । उक्त स्मृतिग्रन्थमा प्रधानमन्त्री दाहाल, मणि थापा, गुणराज लोहनी, रेनु दाहाल, ईश्वरचन्द्र ज्ञवाली, अमिक शेरचन, कोमलनाथ बराल, प्रकाश सिलवाल, झलकपाणि तिवारीलगायतको संस्मरणात्मक लेख समावेश छ । विसं २००९ सालमा गोरखामा जन्मनुभएका पाख्रिन माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार हुनुहुन्थ्यो । उहाँको २०७४ सालमा निधन भएको थियो ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.