काठमाडौँ । चर्चित रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’ मा अध्यक्षता ग्रहण गर्दै आएकी दीपाश्री निरौलालाई हटाइएको छ । उनको ठाउँमा अब चर्चित नायिका करिश्मा मानन्धरलाई देख्न सकिनेछ । रियालटी शो का सञ्चालक जीतु नेपालका अनुसार निषेधाज्ञा खुकुलो भएसँगै पुनः सुरू हुने कमेडीमा पहिलो सिजनभन्दा फरक स्वाद दिन केही हेरफेर गरिएको हो । पछिल्लोसमय दिपाश्रीले राजेश हमाललाई महानायक होईन भनेर दिएको अभिव्यक्तिलाई लिएर विवादमा तानिएकी थिईन् । अब निषेधाज्ञापछिको पहिलो भाग २६ असोजदेखि हरेक सोमबार बेलुकी ८ः४५ मा प्रसारण हुनेछ । नयाँ सिजनमा करिश्मासँगै खड्गबहादुर पुन मगर पनि देखिने छन् ।








