पोखरा । गण्डकी प्रदेशमा थप ५६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । अध्यावधिक विवरण अनुसार गण्डकीमा कोरोना संक्रमितको संख्या ४ हजार १ सय ७५ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा चार जिल्लाका व्यक्तिमा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरुमा नवलपरासी (बर्दघाट सूस्ता पूर्व)का ३६, बाग्लुङका १५, तनहुँका ४ र गोरखाका १ जना रहेको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । उनीहरुलाई आईसोलेसनमा व्यवस्थापन गर्ने तयारी भैरहेको डा. शर्माले बताए ।









