• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

पर्वतको प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे

  •   शुक्रबार, मङि्सर २९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    पर्वत । पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित धार्मिक एवं पर्यटकीयस्थल पञ्चासे यतिबेला पर्यटकको पर्खाइमा रहेको छ । पर्यटकीय याम भए पनि अन्य क्षेत्रमा जस्तो यहाँ चहलपहल बढ्न सकेको छैन । यो गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य भए पनि उचित प्रचार–प्रसार र प्रवर्द्धनको अभावमा ओझेलमा परेको स्थानीय बताउँछन् । पञ्चासेमा पर्यटकलाई लोभ्याउने धेरै कुरा छन् । पर्यटकीय राजधानी पोखराबाट नजिकै रहे पनि सहज सडक पूर्वाधार तथा पदमार्गको अभावमा पपर्यटक पुग्न सकेका छैनन् ।

    समुद्री सतहबाट दुई हजार पाँच सय १७ मिटरको उचाइमा अवस्थित पञ्चासे डाँडामा पुग्नेहरू पञ्चासेमा रमाउने गरेका छन् । यहाँ मुख्यगरी बालाचतुर्दशीका दिन हजारौँ भक्तजनको भीड हुने गर्दछ । शतबीज छर्नका लागि नेपालका विभिन्न जिल्लाबाट भक्तजन आउने गर्दछन् । यहाँ आउनेहरूले सडकमार्ग छाडेपछि पञ्चासेको मुख्य मन्दिर र तालसम्म उकालो हिँड्दाको थकाइसँगै चुचुरोमा एकैछिन आराम गर्छन् र चारैतिरको सुन्दर दृश्य आँखामा कैद गरेर मन्त्रमुग्ध हुने गर्दछन् ।

    समुद्र सतहदेखि दुई हजार पाँच सय नौ मिटरको उचाइमा रहेको बैदान तालको लम्बाइ एक सय १० मिटर र चौडाइ २५ मिटर छ । झण्डै १० मिटर गहिरो यो ताल चारैतिरबाट जङ्गलले घेरिएको छ । जङ्गलको बीचमा भए पनि यो तालमा पात पतीङ्गर देख्न पाइँदैन । पञ्चकोशी पञ्चासेको नामले समेत चिनिने बैदान ताल पञ्चासे लेकको सबैभन्दा सुन्दर गहना हो । तालको छेवैमा बाराही मन्दिर छ । बैदान तालमा रहेको पानीको मूल र निकास नदेखिनु अर्को रमाइलो पक्ष हो । अर्को अचम्मलाग्दो रमाइलो पक्ष के भने, जङ्गलको छेवैमा रहेको तालमा पातपतिङ्गर नै देखिँदैनन् । पात तालमा परे पनि तत्कालै चराले फाल्ने गरेकाले तालमा नरहने स्थानीय सुशीलादेवी गुरुङले बताउनुभयो ।

    पञ्चासे लेकबाट उत्तरतर्फ माछापुच्छ्रे, अन्नपूर्ण, धवलागिरिलगायतका हिमशृङ्खला, दक्षिणतर्फ पाल्पाको श्रीनगर डाँडा र तराईका फाँट देखिन्छन् । पञ्चासेको ‘भ्यूटावर’बाट पोखरातिर फर्किएर नियाल्दा पोखरा बजार र फेवातालमात्रै होइन, दक्षिण–पश्चिमतर्फ नजर डुलाउँदा पर्वतको कुश्मा, फलेवास, डहरेको लेक, कार्कीनेटा, स्याङ्जाको भदौरे, आँधीखोलालगायतका ठाउँ देखिन्छन् । पञ्चासे लेकमै उभिएर म्याग्दी, गुल्मी र बागलुङका कैयौँ मनोरम दृश्य नियाल्न पाउँदा पर्यटक रोमाञ्चित हुने गरेको पाइन्छ ।

    गुरुङ समुदायको बसोबास रहेको पञ्चासे ग्रामीण पदयात्राका हिसाबले गण्डकी प्रदेशकै सीमित ठाउँमध्ये पर्दछ । पञ्चासे पुग्न कास्कीको फेवाताल, पामे र भदौरेसम्म मोटरमा तथा त्यसपछि तीन–चार घण्टा पैदल हिँडेर आउन पनि सकिन्छ । कास्कीकै लुम्ले, काँडे, भदौरे र देउराली हुँदै तीन घण्टा तथा पर्वतको कुश्मा, डिमुवा, चित्रे, आर्थर हुँदै दुई घण्टा पैदल हिँडेर पनि पञ्चासे पुग्न सकिन्छ । हिउँदमा पर्वतको डिमुवाबाट चित्रे हुँदै तथा स्याङ्जाको फेदीखोला, आरुखर्क हुँदै पञ्चासे भञ्ञ्याङसम्मै गाडी पुग्छ ।

    अहिले पञ्चासे पुग्न मोटरको सुविधा भए पनि पदयात्रा गर्दाको आनन्द फरक हुने पञ्चासेमा आइपुगेका कुश्माका विषमकुमार श्रेष्ठले बताउनुभयो । कैयौँ स्वदेशी तथा विदेशी पर्यटक हिँडैरे पञ्चासे पुग्ने गर्दछन् । पञ्चासेले ऐतिहासिक र धार्मिक महत्व पनि बोकेको छ । पाँच पाण्डव गुप्तवासमा रहँदा बसोबास गरेका, बाइसे–चौबीसे राजाका किल्ला, सिद्धबाबालगायतका मन्दिर, गुफा र चैत्य पञ्चासे क्षेत्रका दर्शनीयस्थल हुन् । पञ्चासेमा बालाचतुर्दशीमा शतबीज छर्नेहरूको घुइँचो लाग्छ भने अन्य समयमा पञ्चासेले पर्यटकको पर्खाइमा रहेको स्थानीय होटल व्यवसायी लोकबहादुर गुरुङले बताउनुभयो ।

    पञ्चासेमा रहेको जलाधार क्षेत्रको संरक्षण गर्न पाँच हजार पाँच सय हेक्टर वन क्षेत्रमध्ये एक हजार सात सय हेक्टर वन समुदायलाई हस्तान्तरण गरिएको छ । पञ्चासेमा पाँच सय ८९ किसिमका फूल, एक सय ५० औषधिजन्य जडीबुटी, ९८ प्रकारका उन्यू र आठ प्रजातिका रेसादार वनस्पति पाइन्छन् । पञ्चासे क्षेत्रको जङ्गलमा विभिन्न प्रजातिका चराचुरुङ्गी र दुर्लभ कालो भालुसहितका वन्यजन्तु पाइन्छन् । यस क्षेत्रमा एक दर्जनभन्दा बढी खर्कसमेत रहेका छन् । सात सय सय ८४ मिटरदेखि दुई हजार पाँच सय १७ मिटरसम्मको उचाइमा पर्ने पञ्चासे लोपोन्मुख सुनाखरीको राजधानी नै मानिन्छ ।

    सूर्योदय र सूर्यास्त हेर्ने रहर पनि पञ्चासेले नै पूरा गरिदिन्छ । पर्वतको मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले पञ्चासे क्षेत्र पर्यटकीय गन्तव्य बन्दै गएको बताउनुभयो । उहाँले बाटोघाटो, धर्मशाला, खानेपानीलगायतका पूर्वाधार निर्माणका काम अघि बढाइएको र पर्वतले पनि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन गुरुयोजना बनाएको बताउनुभयो । उहाँले तीन जिल्लाको साझा बिन्दुमा रहेकाले सबै मिलेर यसको प्रवर्द्धन गर्न सके वार्षिक लाखौँ आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने बताउनुभयो ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.