काठमाडौं । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले वैशाख ३ गते अर्थात् अप्रिल १५ तारिखसम्म अन्तर्राष्ट्रिय उडान रोक्न सिफारिस गरेको छ ।
त्यस्तै आज बसेको समितिले एकसाता लकडाउन लम्ब्याउन सिफारिस गरेको बताइएको छ ।अहिले मन्त्रिपरिषद् बैठक बसिरहेको छ । मन्त्रिपरिषद् बैठकले आवश्यक निर्णय लिने मन्त्री योगेश भट्टराईले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकले दैनिक ज्यालादारी गरेर खाने, मजदुर, न्यून आय भएकालाई विशेष आर्थिक (राहत) प्याकेज घोषणा गर्ने तयारी पनि गरेको छ ।








