• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

घरमै सुत्केरी भए कालो टीका !

  •   शनिबार, पुष २१, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    बागलुङ । केही वर्षअघिसम्म सुत्केरी हुने बेला गोठ खोज्ने बज्रबाङ र स्याउलाका महिला अहिले गर्भ रहेको थाहा पाएदेखि स्वास्थ्यचौकी धाउँछन् । आठ पटक गर्भ जाँच गर्ने तथा स्वास्थ्यचौकीमै सुत्केरी हुने कुरा यहाँका सबै महिलालाई थाहा छ ।

    गाउँमा चालु आर्थिक वर्ष सुरु भएपछि १५ जना सुत्केरी भए । उनीहरु सबै सुरक्षित स्वास्थ्य संस्थामा सुत्केरी भएका हुन् । तमानखोला गाउँपालिका–१ मा पर्ने यी गाउँमा एउटा सक्रिय आमा समूह छ । गर्भवती र सुत्केरी तथा नवजात शिशुको जीवन रक्षाका विषयमा बुझेको आमा समूहले नौलो अभियान चलाएको छ । यी गाउँमा अहिले घरमा सुत्केरी हुन पाइँदैन । कसैले अटेरी गरे परिवर्तनशील स्वास्थ्य आमा समूह सुत्केरीकै घरमा पुग्छ र कालो टीका लगाइदिन्छ ।

    घरमै सुत्केरी भए गाउँघरमा अशुभ मानिने कालो टीका लगाउनुपर्ने भएकाले दुई वर्षयता घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य छ । “गर्भजाँच नगरे पनि पहेँलो टीका लगाउनुपर्छ, आठपटक गर्भ जाँचेर स्वास्थ्यचौकीमा सुत्केरी भए बल्ल रातो टीका लगाउन पाइन्छ”, बज्रबाङकी रविना विकले भन्नुभयो, “मैले सबै जाँच पूरा गरेर स्वास्थ्य संस्थामा बच्चा जन्माएकी हुँ ।”

    आमा समूहले उक्त अभियान सुरु गरेदेखि कोही पनि घरमा सुत्केरी भएका छैनन् । घरमा सुत्केरी हुँदा आमा र बच्चाको स्वास्थ्यमा हुनसक्ने जोखिमको विषयमा सबै महिलाले जानकारी पाएका छन् । यहाँका पुरुषले पनि आमा समूहको यो अभियानलाई सहयोग गरेको छ । गर्भावस्था र सुत्केरी अवस्थाका सम्भावित जोखिमको विषयमा धेरै सचेतनाका कार्यक्रम सञ्चालन भए । सरकारी र गैरसरकारी संस्थाबाट भएका प्रयास यहाँको परम्परागत मान्यताका कारण सफल हुन सकेका थिएनन् । तर, अहिले समूहमा आबद्ध भएका महिला आफैँले कालो टीकाको नियम लगाएका हुन् ।

    “आफैँले बनाएको नियम आफैँले नमान्न भएन नि”, बज्रबाङकी स्वास्थ्य स्वयंसेवीका रुपमायाँ घर्तीले भन्नुभयो, “अहिले गर्भवती खोजीखोजी स्वास्थ्य संस्था जाने गरेका छन्”, यो आमा समूहले गर्भवती, सुत्केरी र नवजात शिशुका विषयमा सचेतनाका कार्यक्रम, पोषणसम्बन्धी सचेतनाका कार्यक्रमसमेत चलाउने गरेका छन् । गाउँमा भएका गर्भवती र सुत्केरीको विषयमा जान्न बुझ्न यो आमा समूहको नियमित बैठक हुन्छ । त्यही बैठकले सबै आमा र बच्चाको सुरक्षित भविष्यको विषयमा योजना बनाउँछ तथा कार्यान्वयन गर्छ ।

    तीनवर्ष पहिले तमानखोला गाउँपालिकाले बज्रबाङमा गाउँघर क्लिनिक सञ्चालनमा ल्याएको छ । विवाइसी बागलुङसँग मिलेर त्यहा क्लिनिकका लागि भवन बनेको छ । गर्भजाँचका लागि बोंगादोभान स्वास्थ्यचौकीबाट स्वास्थ्यकर्मी त्यहीँ पुग्छन् । त्यहाँबाट बोंगादोभान पठाइएका गर्भवती त्यहाँ सुत्केरी हुन नसक्ने अवस्था आए बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र पठाइन्छ । त्यहाँ पुग्न गाउँपालिकाले यातायात खर्च दिन्छ । त्यहाँभन्दा बाहिर जाँदा रु दश हजार खर्च गाउँपालिकालेनै दिने गरेको छ ।

    “बर्थिङ सेन्टर भएकाले गाउँपालिकाभरिकै गर्भवती यहाँ आउनुहुन्छ, होम डेलीभरी शून्यमा झारेका छौँ”, बोंगादोभान स्वास्थ्यचौकीका अहेव रविना बुढा मगरले भन्नुभयो, “अहिले गाउँपालिकाले चिकित्सकसमेतको व्यवस्था गरेकाले धेरै सजिलो हुन्छ ।” स्वास्थ्य संस्थामा आएका अधिकांश गर्भवतीलाई समयमा नै समस्याको पहिचान गर्ने र अन्यत्र पठाउनुपर्ने भए समयमै पठाउने गरेको उहाँले सुनाउनुभयो ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    चितवनमा एचआइभी सङ्क्रमण बढ्दो, नौ महिनामा ८० जनामा पुष्टि
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.