चितवन । चितवनमा लागु औषध गाँजा सहित एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले विशेष सूचनाका आधारमा माडी नगरपालिकाका दुर्गा अधिकारीलाई भरतपुरबाट पक्राउ गरेको हो।
माडी नगरपालिका वडा नम्बर २ बस्ने अधिकारीलाई भरतपुरको वडा नम्बर १३ मा रहेको डेराबाट १३ किलो गाँजा फेला परेको चितवन प्रहरीले जानकारी दिएको छ ।
अधिकारीले आफू बस्ने कोठामा लुकाई छिपाई राखेको अवस्थामा गाँजा फेला परेको र नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।








