पोखरा । गुरुङ समुदायको विभिन्न थरहरु मध्यको एक न्हान्सी गुरुङको नेतृत्वदायी संस्थान्हान्सी तमू समाज नेपालको केन्द्रीयअध्यक्षमालमजुङका सुवेदार गणेश बहादुर गुरुङ चयनभएको छ । शनिबार पोखरामा सम्पन्न समाजको प्रथम राष्ट्रिय महाधिवेशनले अध्यक्षमा गुरुङलाई चयन गरेको हो । महाधिवेशनले गुरुङको नेतृत्वमा७ सदस्य पछि थपगर्ने गरि १९ सदस्यीयन्हान्सी तमू समाज नेपालको केन्द्रीय समितिचयन गरेको हो ।
समितिको अन्यपदाधिकारीहरुमाप्रथमउपाध्यक्ष सोम बहादुर गुरुङ (कास्की), द्वितीयउपाध्यक्षलालबहादुर गुरुङ(लमजुङ), तृतीयउपाध्यक्षचित्र सोल्टी गुरुङ(चितवन), महासचिव लेख बहादुर गुरुङ(कास्की), सचीवमिश्रा गुरुङ (सुनसरी)कोषाध्यक्षजालुमायागुरुङ (कास्की) र सह–कोषाध्यक्षतिलकगुरुङ(गोरखा)चयनभएका छन् ।
यस्तै सदस्यहरुमाश्रीप्रसादगुरुङ (कास्की), नयन्द्र गुरुङ(सुनसरी), प्रेम बहादुर गुरुङ(लमजुङ) र सुवेदारकमलबहादुरगुरुङ (लमजुङ) चयनभएका छन् भने बाँकी७ सदस्य पछि कार्यसमितिले चयनगर्ने समाजकानव गठित कार्यसमितिकामहासचिव लेख बहादुर गुरुङले जानकारी दिए । पाँचजना सम्मानित यसैगरी समाजको राष्ट्रिय महाधिवेशनमाविभिन्न क्षेत्रमाक्रियाशिलपाँचजनालाई समाजले सम्मान गरेको छ ।
सम्मानितहुनेहरुमा नेपालीलोकसंगीततर्फ क्रियासीलन्हान्सी तमू चेलीगायिकाकुसुम गुरुङ (काठमाण्डौ) र रुपा गुरुङ (चितवन) साहित्यतर्फ न्हान्सी तमूबुहारी मिश्रा गुरुङ (सुनसरी), खेलकुदतर्फ तोक्वान्दो खेलाडी सुवन गुरुङ (कास्की) र शिक्षातर्फ अधिवक्ताप्रज्वल गुरुङ (तनहुँ) रहेका छन् ।








