चितवन । विश्ब दृष्टि दिवसको अवसर पारेर आज रत्ननगर ६ बछौलीमा लायन्स क्लबहरुको अगुवाईमा मधुमेह भएकाहरुको लागी आँखाको पर्दा जाँच कार्यक्रम सम्पन्न भएको छ । नेपाल नेत्र ज्योति संघ भरतपुर आँखा अस्पतालको प्राबिधिक सहयोग एवं सामुदायिक स्वास्थ्य केन्द्र बछौली तथा लायन्स क्लब अफ नारायणगढ मिड टाउन, लायन्स क्लब अफ चितवन कम्युनिटि हेल्प,लायन्स क्लब अफ सौराहा तथा लियो क्लब अफ सौराहाले कार्यक्रम आयोजना गरेका हुन् । कार्यक्रममा भरतपुर आँखा अस्पतालका चिकित्सक डा सुजन पुनले ३१ जना मधुमेह भएकाहरुको आँखा जाँच गर्नुभएको थियो । बिश्व स्वास्थ संगठनको आवहनमा हरेक बर्ष अक्टोवर ८ तारिखलाई बिश्वभरी नै बिश्व दृष्टि दिवसका रुपमा मनाउने गरिन्छ । यो बर्ष ज्इएभ् क्ष्ल् क्क्ष्न्ज्त् भन्ने नाराका साथ संसार भरी नै बिभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । लायन्स क्लब अफ सौराहाका अध्यक्ष अन्जन पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि लायन्स क्लब ईन्टरनेशनल डिष्टिक ३२५ बि २ का प्रथम भाईस गर्भनर रामप्रसाद भट्ट हुनुहुन्थ्यो । यसै गरी आज बिहान लायन्स क्लब ईन्टरनेशनल डिष्टिक ३२५ बि २ एरिया नं ३ ले भरतपुर आँखा अस्पताललाई मरोणोपरान्त ४६५ जना लायन्सहरुले आँखा दान गर्ने सहमती पत्र नेपाल नेत्र ज्योति संघ तथा भरतपुर आँखा अस्पताल ब्यावस्थापन समितिका अध्यक्ष कृष्णराज धरेललाई हस्तान्तरण गरेको थियो ।








