• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

शैक्षिक सुधार गर्दै गलकोट नगर

  •   बिहिबार, माघ १८, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    बागलुङ । आधा दशक अगाडिसम्म गलकोटका बजारी तथा ग्रामीण क्षेत्रका विद्यालय जीर्ण थिए । काठ, माटो र ढुङ्गाले बनेका भवनमा पठनपाठन गरिन्थ्यो । डेस्क, बेञ्च अभावमा विद्यार्थी धुलोमै बसेर पढ्न बाध्य थिए । पानी पर्दा चुहिने र हावाहुरी चल्दा छानो उडाइने समस्याबाट यहाँका अधिकांश विद्यालय ग्रसित हुँदै आएका थिए । तर स्थानीय सरकार गठनपश्चात् अहिले भौतिकमात्रै होइन शैक्षिक सुधारसमेत हुँदै गएको छ । हटिया बजारदेखि गाउँगाउँका विद्यालय पक्की बनेका छन् ।

    विद्यालयको भौतिक संरचना सुधार भएसँगै गलकोट नगरपालिकाले शैक्षिक गुणस्तरलाई अघि बढाउनतर्फ लागेको छ । नगरपालिका ‘बालमैत्री नगर’ घोषणासमेत भइसकेको छ । शैक्षिक गुणस्तर बढाउनका लागि नगरपालिकाले सामुदायिक विद्यालयको तह मिलान तथा समायोजनसमेत गरिरहेको छ । ६२ सामुदायिक विद्यालय सञ्चालनमा रहेको गलकोटमा १३ माध्यमिक र ५१ आधारभूत तहका विद्यालय छन् । सबै विद्यालयलाई प्रविधिमैत्री बनाउँदै गएको छ । पहिले जीर्ण भवनमा पठनपाठन गर्दै आएकामा अहिले सबैभन्दा दुर्गमका वडामा पनि पक्की भवन बनेर शैक्षिक क्रियाकलाप भइरहेका छन् ।

    शिक्षाको गुणस्तर बढाउनका लागि कक्षा ५, ८ र १० को अर्धवार्षिक तथा वार्षिक परीक्षा नगरपालिकास्तरीय सञ्चालन गर्दै आएको छ । विद्यालय भवनको अभावमा लामो समयदेखि समस्या भोग्दै आएकामा पछिल्लो दुई वर्षयता भौतिक संरचनाले पूर्णता पाएपछि पठनपाठन प्रभावकारी बन्दै गएको नवयुवक आधारभूत विद्यालय गलकोट नगरपालिका–२ ठानाका प्रधानाध्यापक विष्णुप्रसाद गैरेले बताउनुभयो । भौतिक विद्यालयमा कुर्ची अभाव हुँदा बालबालिका भुइँमै बसेर पढ्दा बिरामी हुने गरेको भन्दै अहिले कुनै पनि विद्यार्थी खुला चौर र धुलो भुइँमा बस्नु नपर्ने उहाँको भनाइ छ । विद्यालय भवन व्यवस्थित भएपछि विद्यार्थीको आकर्षिण बढेको र नतिजा पनि बर्सेनि सुुधार हुँदै गएको उहाँले जानकारी दिनुभयो ।

    “गलकोट नगरपालिकाले गाउँका विद्यालयलाई प्राथमिकतामा राखेर काम गरेको छ, पहिले यहाँको विद्यालयको अवस्था दयनीय थियो, कच्ची भवनमा विद्यार्थी फोहरमैलो र धुलोमा बसेर पढ्थे, स्वच्छ खानेपानी, शौचालय र शैक्षिक सामग्रीको अभाव हुन्थ्यो”, प्रअगैरेले भन्नुभयो, “अहिले भौतिक संरचनाले पूर्णता भएको छ, शैक्षिक गुणस्तर बढाउनका लागि लागि रहेका छौँ, समग्रमा विगतको तुलनामा अहिले गुणस्तर बढेको पाएका छौँ, समयसमयमा शिक्षकलाई प्रविधिसँग जोड्नका लागि अपडेट हुने खालका तालिमहरु पाइराखेको छ ।” गलकोट –४ चमुवास्थित चमुवा आधारभूत नगरपालिकामा उत्कृष्ट विद्यालय मानिन्छन् ।

    विंसं २०७६ यता विद्यालय भवन पूर्णरुपमा निर्माण भएपछि शैक्षिक गुणस्तर बढेको प्रधानाध्यापक नवीन सुवेदीले बताउनुभयो । चार वर्ष अगाडि अव्यवस्थित विद्यालय भवनका कारण गुणस्तर बढाउन नसकिएको भन्दै अहिले पालिकामै राम्रो नजिता ल्याउन सकिएको उहाँको भनाइ छ । नगरपालिकासँगै समुदायले पनि विद्यालय सुधारका लागि ठूलो भूमिका खेलेको प्रधानाध्यापक सुवेदी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अहिले विद्यालयमा डिजिटल बोर्डमार्फत पठनपाठन हुन्छ, पहिले एउटा ब्लाकबोर्ड पनि गतिलो थिएन, तर अहिले विद्यालयका भवनमात्रै होइन, यहाँको समग्र पक्षमा उल्लेख्य सुधार भएको छ, कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला र पुस्तकालय व्यवस्थापन भएको छ, विद्यार्थी खुसी भएर पढ्न रुचाउँछन् भने घरमाभन्दा विद्यालयमै बढी बस्ने चाहना देखाउँछन् ।”

    नगरपालिकाले विद्यार्थी कम भएका विद्यालयलाई समायोजन तथा तह मिलान गरी पठनपाठनलाई थप प्रभावकारी बनाउँदै गएको छ । तह मिलान तथा विद्यालय समायोजन कार्यविधि विसं २०७९ बनाएर हालसम्म यहाँ १२ विद्यालय समायोजन गरिसकेको छ । पाँच वर्ष अगाडिसम्म गलकोट नगरपालिकाभर ७४ वटा सामुदायिक विद्यालय थिए । ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून भएपछि नगरपालिकाले विसं २०७५ देखि विद्यालय तह मिलान तथा समायोजन गर्न थालेको हो ।

    विद्यालय समायोजनपछि दूरी टाढा पर्ने विद्यार्थीलाई पालिकाले यातायातको व्यवस्था गर्दै आएको छ । नगरपालिकाले तह मिलान तथा विद्यालय समायोजन कार्यविधिमा कक्षा १–३ मा १५ जना, १–५ मा २५, ६–८ मा २१, ९–१० मा २५ र ११–१२ मा २५ जना विद्यार्थी हुनुपर्ने मापदण्ड बनाएको छ । विद्यालयको भौतिक संरचनामा धेरै सुधार आएको हुँदा अब नगरपालिका गुणस्तरीय शिक्षालाई जोड दिन थालेको नगरपालिकाका शिक्षा अधिकृत शिव खड्काले बताउनुभयो । हरेक वर्ष उच्च जिपिए ल्याउने विद्यार्थी करिब २० प्रतिशतले बढेको उहाँको भनाइ छ । विद्यार्थीलाई पढाईसँगै अतिरिक्त क्रियाकलाप गराउने र प्रतिभासमेत पहिचान गरी प्रोत्साहन गरिरहेको उहाँको भनाइ छ ।

    अङ्ग्रेजी, गणित र विज्ञान विषयको नगरस्तरीय विषय विज्ञ गठन गरेका गरेको र यसले शिक्षण सिकाइ क्रियाकलापमा आएका अप्ठ्यारालाई समाधान गर्ने सम्बन्धित विषयका शिक्षकसँग छलफल गर्ने उहाँ बताउनुहुन्छ । गलकोटले हरेक वर्ष शिक्षालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने र सोहीअनुसारका कार्यक्रम गर्दै आएको प्रवक्ता हिमबहादुर भण्डारीले बताउनुभयो । पहिलो कार्यकालमा भौतिक संरचना सुधारमा लागेको जनाउँदै अहिलेको मुख्य उद्देश्य गुणस्तर बढाउनुभएको उहाँको भनाइ छ ।

    सामुदायिक विद्यालयमा नगरपालिकाले ठूलो लगानी गरेर सुधार गरेपछि निजी विद्यालयमा विद्यार्थी कम जाने गरेको भण्डारी बताउनुहुन्छ । शिक्षकलाई आफ्नो पेसाप्रति जिम्मेवार बनाउनका लागि समयसमयमा तालिम दिने र प्रोत्होसानसमेत गर्दै आएको उहाँको भनाइ छ ।

    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित
    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.