पोखरा । गण्डकी प्रदेशमा थप २८ जनामा कोरोनभाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै अध्यावधिक विवरण अनुसार गण्डकीमा कोरोना संक्रमितको संख्या ४ हजार ६ सय पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा तीन जिल्लाका व्यक्तिमा संक्रमण देखिएको हो । संक्रमित हुनेहरुमा कास्कीका ११, तनहुँका ११ र म्याग्दीका ६ जना रहेको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । संक्रमितमध्ये ६ जना महिला रहेका छन् । संक्रमितहरुलाई अस्पतालको आईसोलेसनमा व्यवस्थापन गर्ने तयारी भैरहेको डा. शर्माले जानकारी दिए ।








