चितवन । माडीको सिधुवामा सम्पन्न बृहत् स्वास्थ्य शिविरमा ५६७ जनाले स्वास्थ्य सेवा लिएका छन् । शिविरमा ११४ जनाले भिडियो एक्स-रे, ७५ जनाले मुटुको चेकअप (ई.सि.जी.), ७० जनाले फोक्सोको चेकअप (पि.एफ.टी.) र २५० जनाले सुगर चेकजाँच गरेका थिए ।
त्यस्तै, शिविरमा सहभागी हुन नसकेका ७ जना ज्येष्ठ नागरिकहरूलाई डाक्टर भोजराज अधिकारीले बिरामीको घरमै पुगि उपचार सेवा दिनुभएको थियो । माडी नगरपालिका वडा नं ४ को आयोजना र पुष्पाञ्जली अस्प्ताल (प्रा.) लि. भरतपरको प्राविधिक सहयोगमा वडा कार्यालय परिसरमा शिविर सञ्चालन भएको हो ।
शिविरमा पेट, मुटु, छाती, सुगर, थाइराइड विशेषज्ञ सेवा, स्त्र्री प्रसुती तथा निसन्तान सम्बन्धि सेवा, हाडजोर्नी तथा नशा रोग सम्बन्धी सेवा, नवजात तथा बालरोग सम्बन्धि सेवा, मानसिक रोग र नाक कान घाँटी रोग सम्बन्धि सेवा दिइएको वडाध्यक्ष माधव चापागाईंले बताउनुभयो ।









