म एक सामान्य विद्यार्थी हु। करिब ७ महिना अगाडि कोरोना भाइरसको काराणले कलेज बन्द भएपछी म लाजुङबाट घर गैंडाकोट-१,नवलपुरमा आएको थिए।
यतिका समय घरबाट खासै बाहिर जान परेन र यदि कतै जानपरे पनि पुरै साबधानी अपनाएर हिडेको जस्तो लाग्छ तर पनि मैले कोभिड-१९बाट सङ्क्रमित हुनबाट आफुलाइ जोगाउन सकिन। सुरुवातका दिनहरुमा मलाई एक्कसी ज्वोरो आउने, एकदमै टाउको
दुख्ने,हात खुट्टा फतक्कै गल्ने अनि आखाबाट आँसु आउने, छाती दुख्ने,खाना पनि खासै राम्रोसँग खान मन नलाग्ने आदि समस्या
देखिएको थियो। त्यसैले मनलाई ढुक्क पार्नको लागि पि.सि.आर टेस्ट गराए।टेस्ट गरेको पाँचौ दिनको बिहान मेरो रिपोर्ट पोजिटिभ
देखियो। बिहान रिपोर्ट आएपछि ममी थोरै आत्तिएको जस्तो गर्नु भएको थियो तर म त आत्तिएको छैन हजुर किन आत्तिनुभएको भनेर
सम्झाए।हुनत ममीलाइ अब छोरीलाइ टाढा आइसोलेसनमा लैजानपर्छ कि भनेर नि चिन्ता लाएको थियो होला त्यसैले ममीले
हाम्रो वार्ड अध्यक्ष र नगरपालिकाका सरहरु आउँदा छोरीलाई घरमानै आइसोलेसनमा राख्दा कस्तो होला भनेर सल्लाह गर्नुभयो
र सबैजनाले मलाई हौसला साथै मनोबल उच्च राख्न र केही समस्या आएमा तुरुन्तै फोन गर्न सल्लाह दिएर जानुभयो।म सचेत भएर घरमा एक्लै आइसोलेसनमा बस्दा समाजका व्यक्तिहरुले केही नकारात्मक टीका टिप्पणी गर्नुहुन्छ कि भन्ने लाएको थियो तर केही
केही व्यक्ती बाहेक सबै छिमेकीहरुले साथ र सहयोग गर्नुभयो।
त्यसैले यहि लेखनबाट म हाम्रो वार्ड अध्यक्ष हरिप्रसाद सापकोटा, वार्ड सदस्य सुरेन्द्र रेग्मी,समाजसेवी मेरी प्यारी दिदी
राधिका सापकोटा,भाइ अभियान पाठक र मलाइ हरेक पल हौसला र माया प्रदान गर्न टाढाबाट नै भएपनी भेट्न आउनु भएका साथै
फोन र सामाजिक संजालमार्फत मेरो स्वास्थ्य छिटो ठिक होस भनेर कामना गर्नुहुने सम्पुर्ण शुभचिन्तकहरुमा मनै देखि धन्यवाद दिन
चाहन्छु। यसरीनै आफ्नै घरमा कसैसँग सम्पर्कमा नआइकन एक्लै बसेर आफ्नो उच्च मनोबलका साथ म आज विश्वोमा आतंक
मच्चाएको महामारीबाट निको हुन सफल भएँ। यस रोगको केही औषधि नभएकाले हामीले आफ्नो रोगप्रतिरोधात्मक क्षमतालाई
बढाउनु एकदमै जरुरी रहेछ। मैले पनि मेरो सङ्क्रमण समय अवधीभरी आफ्नो बानी पनि परिवर्तन गरेर स्वस्थ जीवनशैली
अपनाउन थालेँ। विहान ढिलो उठ्ने बानीलाइ हटाएर ५:३० बजेसम्म उठिसक्ने, आफ्नो व्यक्तिगत सरसफाइका कामहरु सकेर
नुनपानीले आफ्नो मुख कुल्ला गर्ने, त्यसपछि तातो पानी खाएर एकछिन योग र व्यायाम गर्ने अनि निमको पात र तुलसीको पात
राखेर बाफ पनि लिने गरेको थिए। खानेकुरा एकदम समय मिलाएर खाने गरेँ र यो समयमा एकदिन पनि चिसो पानी हेर्दै नहेरी
नियमित तातो पानी पिउने गरेँ। तातो पानी उमाल्दा थोरै गुर्जो,अदुवा, पारिजातको पात,क्यामुनाको बोक्रा, रिधिलो,तुलसीको पात,थोरै नुन र थोरै बेसार राख्नुपर्दो रहेछ। बीचबीचमा खोकी लाग्ने,छाती दुख्ने र थोरै गाह्रो लागेपनि खासै समस्या नदेखिएको कुरा मेरो अनुभवले देखाउँछ।
अन्त्यमा सुरक्षित
रहनुहोला र सचेत रहनुहोला








