• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ४. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

‘संस्कृत भाषा ज्ञानको भण्डार हो’

  •   मङ्गलबार, फागुन ०१, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    सुनसरी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संस्कृत भाषा संसारकै सर्वोत्कृष्ट भाषामध्ये एक भएकाले यसको संरक्षण गर्नुपर्ने बताउनुभएको छ । पण्डित छविलाल पोखरेल बालमाया स्मृति प्रतिष्ठानले आज धरान–१४ स्थित पिण्डेश्वर विद्यापीठमा आयोजना गरेको स्मारक अनावरण तथा प्रतीक्षालय हस्तान्तरण समारोहमा मन्त्री राईले संस्कृत भाषाको संरक्षणसँगै व्यावहारिक रुपमा प्रयोगमा ल्याउन आवश्यक रहेको बताउनुभयो । उहाँले अहिले संस्कृत भाषालाई संरक्षण गर्दै यसमा दक्खल राख्ने जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।

    “संस्कृत भाषाको महत्त्व सधै थियो र रहन्छ । यसमा धेरै ठूलो ज्ञानको भण्डार लुकेको छ”, मन्त्री राईले भन्नुभयो, “संस्कृतका ग्रन्थबाट हामीले ज्ञान, विज्ञान र प्रविधिका धेरै कुरा सिक्न सक्छौँ ।” उहाँले संस्कृत भाषा ज्ञानको भण्डार भएकाले यसबाट पूर्वीय दर्शनसँगै विज्ञान र धेरै सिद्धान्तका कुरा बुझ्न सकिने बताउनुभयो । उहाँले संस्कृत भाषाको संरक्षण तथा प्रवर्द्धनका लागि सरकार सहयोग गर्न तयार रहेको बताउनुभयो ।

    मन्त्री राईले विद्यापीठको प्राङ्गणमा पूर्वीय विद्धान तथा समाजसुधारक छविलाल पोखरेलको सालिक अनावरण गर्नुभएको थियो । उहाँले पोखरेलले समाजमा पुर्‍याउनुभएको योगदानको चर्चा गर्नुभयो । सो अवसरमा कोशी प्रदेशसभा सदस्य रमेश बस्नेतले प पोखरेल समाज सुधारका लागि महत्वपूर्ण काम गरेको भन्दै उहाँको व्यक्तित्वको चर्चा गर्नुभयो ।

    प्रदेशसभा सदस्य विजयकुमार राई र निवर्तमान प्रतिनिधिसभा सदस्य जयकुमार राईले पण्डित पोखरेलले समाजमा पुर्‍याएको योगदानबारे प्रशंसा गर्नुभएको थियो । कार्यक्रम भाषाविद् प्रा डा टङ्कप्रसाद न्यौपानेले सञ्चालन गर्नुभएको थियो ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ४.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.