• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ४. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

इलाममा घरमै जन्मदर्ता

  •   शुक्रबार, फागुन ०४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    इलाम । सूर्योदय नगरपालिका–५ समालबुङका केशव र बेबिका बुढाथोकीलाई छोरी साइफ्रिना जन्मिएको १२ दिनमा घरमै जन्मदर्ता पु¥याउन वडाध्यक्षसहितको टोली आउँदा अचम्म लाग्यो । “छारीको न्वारनमात्र सकिएको थियो । जन्मदर्ता वडामै बनाएर आज पु¥याउन आउनुभएछ । वडा कार्यालय टाढा छ, पुगेर आउने हैरान नै घट्यो ।” बेबिकाले भन्नुभयो, “यहाँ कति जनालाई त जन्मदर्ता ३५ दिनभित्र बनाई सक्नुपर्छ भन्ने पनि थाहा छैन । वडाले आफँै बनाई दिएर घरमै ल्याइदिन थालेछ खुसी लाग्यो ।” सोही ठाउँका एल्बिन शङ्खरको जन्मदर्ता जन्मिएको १६ दिनमा बिहीबार वडाले ल्याइदिएको उहाँकी आमा वर्षाले बताउनुभयो ।

    सूर्योदय–५ वडा कार्यालयले बिहीबारदेखि बच्चाको जन्मदर्ता घरघरमै पु¥याउन सुरुआत गरेको छ । चेतना अभावका कारण समयमा बच्चाको जन्मदर्र्ता नगराएपछि विगत दुई वर्षदेखि जन्मदर्ता नबनाएका बालबालिका खोजेर बनाई दिन थालेको उक्त वडाले यस वर्षदेखि जन्मिएको ३५ दिनभित्रमा घरमै जन्मदर्ता पु¥याई दिने अभियान सुरुआत गरेको हो । “नानी जन्मिने बित्तिकै पहिले सुत्केरी भेट्न वडा स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मीहरुको टोली जानुहुन्छ,” वडाध्यक्ष उर्गेन बम्जनले भन्नुभयो, “उहाँहरुले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली २०७७ को अनुसूची १० बमोजिम सूचना फारम भरेर वडालाई उपलब्ध गराउनुहुन्छ । उहाँहरुले आमा र बाबुको विवाह दर्ताको फोटो र बच्चाको फोटो खिच्नुहुन्छ ।” त्यसका आधारमा वडाले जन्मदर्ता तयार गर्ने बम्जनले बताउनुभयो । उहाँका अनुसार, जन्मदर्ता जनप्रतिनिधि र कर्मचारीको टोली घरमै पुगेर अभिभावकालाई हस्तान्तरण गरिन्छ ।

    वडामा रहेका सातवटा सामुदायिक र दुईवटा संस्थागत विद्यालयमा पुगेर दुई वर्षअघि विद्यार्थीको जन्मदर्ता जाँच गर्दा कतिपयको नभएको पाइएपछि यो विषयलाई वडाले संवेदनशील रुपमा लिइएको बम्जन बताउनुहुन्छ । “हामीले विगत दुई … पहिले स्कुल–स्कुल घुमेर जन्मदर्ता नभएका नानीहरु चेक ग¥यौँ,” उहाँले भन्नुभयो, “वडामा सातवटा सामुदायिक र दुईवटा संस्थागत गरी नौवटा विद्यालय छन् । त्यहाँ बाबुआमालाई सम्पर्क गराएर कानुनी सल्लाह दियौँ । जन्मदर्ता गरायौँ र पनि समस्या समाधान भएन ।”

    शत्प्रतिशतको जन्मदर्ता गराउने लक्ष्य लिएको वडाले त्यहाँका तीनवटा खोप केन्द्रमा पनि अनुगमन गरेको थियो । खोप केन्द्रमा खोप हान्दै गरेका नानीहरुको जन्मदर्ता भए–नभएको चेकजाँच गर्दा कतिपयलाई जन्मदर्ता गर्ने समयावधि, कागजी र कानुनी प्रक्रिया नै थाहा नभएको पाइएको बम्जनले बताउनुभयो । “खोप केन्द्रमा पत्ता लागेकाहरुको पनि काम गरियो । त्यो गर्दा पनि समस्या समाधान नभएकाले अब अन्तिम विकल्पका रुपमा यो अभियान सुरु गरेका छौँ,” उहाँले भन्नुभयो ।

    एकातिर प्रक्रिया र सूचना थाहा नपाउँदा समस्या हुने गरेको छभने अर्कातिर आवश्यकता भएपछि मात्र चासो दिने समस्या छ । “कसैले बालबालिकालाई स्कुल पु¥याउने बेलामा मात्र थाहा पाएर गर्छन् त कसैले कुनै कामका लागि ‘डकुमेन्ट्स’ चाहिँदा मात्र गर्छन्,” वडा सचिव सञ्जय ढुङ्गेलले भन्नुभयो, “विशेषगरी चेतनास्तर नै कम भएर हो, जनप्रतिनिधिहरुको फुर्सद नहुँदा हामी आफैँ गएर दिन्छौँ तर राम्रो कामको सुरुआत गरिहालौँ भनेर थालिएको हो ।”

    यसअघि जन्मदर्ता गर्न छुटेकाहरुको क्रमशः खोज्दै र अब जन्मनेहरुका लागि ३५ दिनभित्रमा घरमै उपलब्ध गराउने गरिएको अभियानलाई वडाबासीले धन्यवाद दिएका छन् । स्थानीय प्रदीप गिरीले भन्नुभयो, “जनताप्रति सचेत र जवाफदेही वडाध्यक्ष पाएका छौँ । नगर कार्यपालिकाकै कान्छो उमेरका हाम्रा अध्यक्ष ऊर्जावान्, सृजनशील र रचनात्मक चेत भएको व्यक्ति हुनुहुन्छ ।” देख्दा सामान्य भए पनि यो कार्य उदाहरणीय भएको स्थानीयबासी बताउँछन् ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    चितवनमा एचआइभी सङ्क्रमण बढ्दो, नौ महिनामा ८० जनामा पुष्टि
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ४.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.