• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

धर्म संरक्षणका लागि कङ्ग्युर पाठ वाचन

  •   बुधबार, फागुन ०९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर ।  बुद्ध धर्म संरक्षण तथा संवद्र्धन गर्ने लक्ष्यसहित चितवनको भरतपुर–९, शरदपुरमा एक हप्ता लामो कङ्ग्युर (त्रिपिटक) पाठ वाचन तथा धर्म प्रवचन कार्यक्रम सुरु गरिएको छ । शरदपुरस्थित पञ्चशील महाबौद्ध गुम्बा व्यवस्थापन समितिले फागुन ५ गतेदेखि सुरु भएको कङ्ग्युर पाठ फागुन १२ गते शनिबारसम्म जारी रहनेछ । कार्यक्रममा विभिन्न धर्मगुरूहरूद्वारा नियमित पाठ वाचन हुँदै आएको छ । यही क्रममा अवतारी लामा टुल्कु रिम्पोछे थब्वाङ तेञ्जिङ गुरुङमार्फत वाङ (अभिषेक) ग्रहणसमेत गरिएको छ ।

    कङ्ग्युर पाठ वाचन मूल समारोह समितिका संयोजक एवम् गुम्बा व्यवस्थापन समितिका अध्यक्ष सन्तलाल गुरुङका अनुसार गुम्बाका प्रमुख वाचक एवं धर्मगुरू डा (खेन्पो रिम्पोछे) दशरथ गुरुङसहित आधा दर्जन धर्मगुरुहरुद्वारा नियमित पाठ वाचन हुँदै आएको छ । करिब दुई हजार ६ सय वर्षपहिले भगवान् गौतमबुद्धले प्रतिपादन गरेको शिक्षा र ज्ञानलाई पुस्तकमार्फत समाजमा शान्ति फैलाउन यो कार्यक्रममा महत्वपूर्ण भूमिका खेलेको गुम्बाका प्रमुख वाचक खेन्पो रिम्पोछे दशरथ गुरुङले बताउनुभयो ।

    सोही शिक्षामार्फत शान्ति स्थापना गराउने उद्देश्यका साथ ठाउँठाउँमा त्रिपिटक पाठ वाचन गर्ने गरेको उहाँले जानकारी दिनुभयो । ज्योतिष पात्रोअनुसार उज्यालो समयमा पाठ वाचन कार्यक्रम राखिएको हुँदा अन्य समयको भन्दा यो समयमा पुण्य कमाउने मौका मिलेको उहाँले बताउनुभयो । “त्यसकारण बुद्ध धर्मप्रति आस्था राख्ने जो–कसैले यस्तो सुनौलो अवसर गुमाउनु हुँदैन,” उहाँले भन्नुभयो, “किनकि संसारमा सबैभन्दा ठूलो पुण्य भनेकै दान पुण्य हो ।” दान पुण्यले हरेक प्राणीको जीवनकालमा सकारात्मक भूमिका खेल्ने हुँदा पुण्य प्राप्तिको लागि दानपुण्य नै सबैभन्दा उत्तम कार्य रहेको उहाँको भनाइ छ ।

    कङ्ग्युर पाठ वाचन गर्दा विश्वजगत्लाई नै शान्तिभूमिको रुपमा स्थापित गराउनमा सहयोग पुग्ने उहाँले सुनाउनुभयो । “विश्वमा भइरहेको हिंसा, अपराध, द्वेष भावजस्ता नकारात्मक विषयलाई छलेर सकारात्मक सन्देश फैलाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्छ,” उहाँले भन्नुभयो । कार्यक्रम अवधिभर विभिन्न धर्मगुरूहरुद्वारा नियमित पाठ वाचन गरिने छ । गुम्बाका प्रमुख वाचक एवम् पूजा प्रमुख डा दशरथ गुरूङसहित खेन्पो रिम्पोछे डा रनबहादुर गुरुङ, शिर लामा गुरुङ, सन्तोष गुरुङ, रक्षबहादुर गुरुङलगायत धर्मगुरुहरुबाट नियमित पाठ वाचन हुनेछ । आयोजकका अनुसार हरेक दिन बिहान ७ देखि साँझ ६ बजेसम्म पूजापाठ हुनेछ ।

    फागुन १२ गते दाताहरूलाई सम्मानसँगै वाङ (अभिषेक) एवम् प्रसाद ग्रहण गर्दै समापन गरिने कार्यक्रम संयोजक गुरुङले जानकारी दिनुभयो । कङ्ग्युरबाट प्राप्त आम्दानीलाई गुम्बामा निर्मित भवनमा सभा हल व्यवस्थापनमा खर्च गरिने गुम्बा व्यवस्थापन समितिले जनाएको छ । विसं २०६३ मा स्थापना भएको गुम्बाले हरेक तीन÷तीन वर्षमा कङ्ग्युर पाठ वाचन गर्दै आएको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.