• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

ऐतिहासिक इलामपोखरी क्षेत्रलाई व्यवस्थित बनाइने

  •   मङ्गलबार, फागुन १५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    लमजुङ । लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५ पाँचोकको बीचमा रहेको इलामपोखरी क्षेत्रलाई व्यवस्थित गरिने भएको छ । यी दुई पालिकाको सिमानामा पर्ने यस ऐतिहासिक एवं धार्मिक सो क्षेत्रलाई व्यवस्थित गर्नाका साथै विभिन्न संरचना पनि निर्माण गरिने भएको हो । दुवै गाउँपालिकाले संयुक्त बैठक बसी इलामपोखरी क्षेत्रलाई व्यवस्थित बनाइने, सातकन्यादेवी मन्दिर पुनःनिर्माण गरिने, बाइसे तथा चौबिसे राज्यकालको इलामपोखरी गढीलगायते विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरिएको छ ।

    दुवै गाउँपालिकाले रु दुई÷दुई लाखको लागतबाट डिपीआरको काम सुरु गर्न लागेको दूधपोखरी गाउँपालिका उपाध्यक्ष क्षेत्रबहादुर गुरुङले बताउनुभयो । उहाँले इलामपोखरी ताल लेदो माटोले पुरिँदै गएको र सातकन्यदेवी मन्दिरमा विसं २०७२ बैशाखमा आएको भूकम्पले क्षति बनाएकाले उक्त मन्दिर पुनःनिर्माण गरेर पिकनिङ स्थल, शौचालय, खानेपानीलगायत संरचना निर्माण गरिने जानकारी दिनुभयो । उपाध्यक्ष गुरुङका अनुसार उक्त गढीको नजिकै एउटा स्तूपा बनाइने, इलामपोखरीदेखी माथि जोर्नीगाउँसम्म पदमार्ग निर्माण गरिने भएको छ ।

    सातकन्यादेवी मन्दिर विसं २०६५ मा सङ्घीय सरकारको रु पाँच लाख बजेटबाट मर्मत गरिए पनि भूकम्पले उक्त मन्दिरको भित्ता छियाछिया बनाइदिएकाले पुनःनिर्माण गर्न लागिएको छ । डिपीआरबाट लाग्ने बजेट अनुमान गरी गण्डकी प्रदेश सरकार र सङ्घीय सरकारसँग बजेट माग गरेर काम अघि बढाउने योजना छ । पौराणिककालको उक्त मन्दिरमा पूजा गरे मनोकामना पूरा हुने विश्वास गरिन्छ । त्यस्तै, समन्द्री सतहदेखि दुई हजार दुई सय ६० मिटर उचाइको इलामपोखरी ताल पर्यटकीयस्थल हो । इलमपोखरीमा साउन महिनाबाहेक अन्य महिनामा बलि चढाउने गरिन्छ । यहाँबाट सूर्योदय र सूर्यास्तदेखि नाका साथै विभिन्न हिमाल पनि देख्न सकिन्छ । यहीँबाट दूधपोखरी कुण्ड जानुपर्छ ।

    बिचौरका दवाडी र न्यौपानेहरुले यहाँ धानको बीउ राख्नुअघि मङ्सिरमा धान काट्नुभन्दा अघि एकचोटि दूधको धारा लगाइएपछि मात्र धान काट्ने गर्दै आएकोे गाउँपालिकाले जनाएको छ । चैतशुक्ल पूर्णिमामा यहाँ ठूलो मेला लाग्ने गर्दछ । त्यस्तै, हरिबोधनी एकादशीमा त्यहाँका झाँक्रीले फूलमाला चढाउने गर्दछन् । यसअघि अघिल्लो वर्ष सो क्षेत्रमा गण्डकी प्रदेश सरकारले रु चार लाख खर्च गरेर त्यहाँ पुग्नेका लागि बस्न मिल्ने ठाउँ निर्माण गरेको थियो । उक्त स्थल वरिपरि जङ्गल मात्र छ । सो स्थलबाट मानव बस्ती पुग्न करिब २० मिनेट लाग्ने लाग्छ ।

    दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले यस ऐतिहासिक र धार्मिकस्थलको संरक्षण हुनाका साथै पर्यटक प्रवद्र्धन हुने अपेक्षाका साथ उक्त संरचना निर्माणमा दुवै गाउँपालिका लागेकोे बताउनुभयो । सोमबार अन्तरपालिका साझेदारीअन्तर्गत दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारी, उपाध्यक्ष बिच्छबहादुर घले, दूधपोखरी गाउँपालिका अध्यक्ष धनप्रसाद गुरुङ, उपाध्यक्ष क्षेत्रबहादुर गुरुङ, दोर्दीका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्ले, सबइन्जिनियर विश्वास पाण्डे, दोर्दी–५ का वडाध्यक्ष कुमराज गुरुङ, दूधपोखरी–३ का वडाध्यक्ष श्याम गुरुङलगायत टोली उक्त स्थलमा पुगी अवलोकन गर्नाका साथै डिपीआरका लागि बैठक बसेको थियो ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.