नवलपुर । कृषकले पालेका गाईको दुग्ध खपत हुन नसक्दा अहिले कृषिकहरु मर्कामा परेका छन । नवलपुरका विभिन्न स्थानमा फर्म संञ्चालन गरि गाई पालन गर्दे आएका कृषकहरुको दुग्ध शहकारीले लिन नमाने पछि अहिले कृषकहले उत्पादन गरेको दुग्ध खेर जाने अवस्थामा रहेको देवचुली गाई पालन कृषक समुहका अध्यक्ष टेकनारायण सुबेदीले बताउनु भयो ।
उहाका अनुसार दुग्ध खपत नहुदा दैनिक दश हजार भन्दा बढि नोक्सान व्यहोर्नुपरेको अध्यक्ष सुवेदीले बताउनु भयो। दुग्ध खपत हुन छाडे पछि घिउँ तथा दहि बनाए पनि दुग्ध जन्य वस्तु समेत खपत नहुदा समस्या भएको कृषक मिनाकुमारी पौडेलले बताइन । लकडाउनका कारण गाई वस्तुलाई खुवाउन आवस्यक पर्ने चापट र दाना नआउदा थप समस्या भएको कृषकहरुले बताएका छन ।
उनिहरुका अनुसार स्थानिय सरकारले दुग्ध खपत हुने वातावरण मिलाउनु पर्ने र कृषकलाई थप राहत सरकारले प्रदान गर्नु पर्नेमा जोड दिएका छन । जिल्लाको देवचुली नगरपालिकाको साविक दिव्यपुरी र प्रगतिनगरबाट मात्र देनिक दशहजार लिटर दुग्ध उत्पादन हुदै आएकोमा हाल भने कृषकहरुले दुग्ध खपत गर्न सकि रहेका छैन ।
नवलपुरमा दुग्ध खपत नहुदा कृषक मर्कामा
नवलपुरमा दुग्ध खपत नहुदा कृषक मर्कामा
- अ
- अ
- अ








