चितवन १८ चैत । भरतपुर महानगरपालिका ४ धारापानी स्थित दालमोठ उधोग सरस फुडमा मंगलवार बिहान आगलागी हुदा लाखौको क्षति भएको छ ।
बिजुली सर्किट सट भएर बिहान ४:४५ बजे लागेको आगो नियन्त्रण कार्य जारी रहेको छ । आगलागी नियन्त्रण गर्ने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिनु भयो । आगोलागी नियन्त्रणका लागि ५ वटा दमकल प्रयोग गरिएको छ । आगलागीबाट लाखौको क्षति भएको छ । क्षतीको विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ ।








