स्याङ्जा । स्याङ्जामा कुटपिटबाट एक महिलाको ज्यान गएको छ। जिल्लाको पुतलीबजार नगरपालिका वडा नं –३ कालीमाटीमा मदिराले मात्तिएका ३५ वर्षीया मनकुमारी नेपाली र ४१ वर्षीय कृष्ण परियार बीच भनाभन भइ झडपको स्थिती हुँदा परियारले मनकुमारी लाई कुटपिट गर्दा उनको ज्यान गएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सोमबार बिहान अन्दाजी ६ः४५ बजेको समयमा बालमन्दिर अगाडी नेपाली घाइते भइ अचेत अवस्थामा फेला परेकोमा तत्काल उपचारका लागि जिल्ला अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। महिलालाई कुटपिट गरी हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय स्याङ्गजाले कृष्ण परियालाई पक्राउ गरेको छ । पक्राउ परेका परियारमाथी जिल्ला अदालत स्याङ्गजाबाट २५ दिनको म्याद थप गरी कर्तव्य ज्यान कसूर शिर्षकमा मुद्धा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको स्याङ्गजाका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो।








