चितवन । चितवनमा दुई किलो ३० ग्राम खैरो हिरोइन र दुई लाख १६ हजार पाँच सय सहित एक जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले सूचनाको आधारमा आईतवार साँझ भरतपुरको चौबिसकोठीबाट उनलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा कालिकोट जिल्ला पचालझरना गाउँपालिका वडा नं ५ का ४० बर्षीय केशव बम रहेको प्रहरीेले जनाएको छ ।
जिल्ला प्रहरी कायालय चिवतनले सोमवार पत्रकार सम्मेलन गरी बरामद सामग्री र नगद सार्वजनिक गर्दै थप अनुसन्धान भैरहेको जानकारी दिएको छ ।








