• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

पञ्चकोटमा धार्मिक पर्यटकको घुइँचो

  •   सोमबार, फागुन २१, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    बागलुङ । बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा जल सम्पदा र ब्राह्माण्डको संरक्षणका लागि आयोजित अनन्तश्री ब्राह्माण्डीय महायज्ञमा दर्शनार्थीको भीड लागेको छ । महायज्ञ देशभरबाट श्रद्धालु भक्तजन आउन थालेपछि पञ्चकोट दर्शनार्थीको बाक्लो उपस्थितिले भरिएको हो । यही फागुन ९ देखि सञ्चालन भइरहेको महायज्ञमा देशभरबाट दर्शनार्थी आइरहेको बताउँदै पछिल्ला दिनमा दर्शनार्थीको भीड नै लागेको हो ।

    दैनिक तीन हजारदेखि १० हजारसम्म दर्शनार्थी आउने गरेको महायज्ञमा शनिबार भने ३० हजार बढी दर्शनार्थी पञ्चकोट आएको सर्वसिद्धिधाम पञ्चकोट परिषद् समितिका अध्यक्ष दामोदर शास्त्री दाहालले बताउनुभयो । अत्यधिक भिडका कारण शनिबार ट्राफिक जाम नै भएको उहाँको भनाइ छ । शनिबार बिदा हुनुका साथै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थिति भएपछि महायज्ञमा दर्शनार्थीको भिड बढेको उहाँले बताउनुभयो ।

    “धार्मिककार्यमा आएका भक्तजनको कुनै गण्ना गर्ने व्यवस्था थिएन, ९० रोपनी जग्गामा फैलिएको पञ्चकोट दर्शनार्थीले भरिएको थियो, बागलुङ बजारबाट पञ्चकोटसम्म सवारीसाधनको लस्कर थियो”, अध्यक्ष शास्त्रीले भन्नुभयो “एकै दिन तीसदेखि ५० हजारसम्म दर्शनार्थी आएको हाम्रो अनुमान छ, पञ्चकोटमा हजारौँको सङ्ख्यामा आएका बस, कार, भ्यान र मोटरसाइकल आएकाले सो अनुमान गरिएको हो ।” ट्राफिक जामका कारण सबै दर्शनार्थी पञ्चकोट पुग्न नपाएको उहाँले बताउनुभयो ।

    पञ्चकोटधाम स्थापनाको १०औँ वार्षिकोत्सवको अवसरमा आयोजना भइरहेको महायज्ञ नेपालमै पहिलो पटक गर्न थालिएको आयोजकको दाबी छ । महायज्ञमा सहभागी हुन यही फागुन १० गते राष्ट्रपति रामचन्द्र पौडेल र गत शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल आइसक्नुभएको छ । साथै नेपाल सरकारका अर्थमन्त्री डा प्रकाशशरण महत, गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपाल उद्योग वाणिज्य महासङघका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत विशिष्ट व्यक्तित्वको उपस्थिति भइसकेका छ ।

    यही फागुन २३ गतेसम्म सञ्चालन हुने महायज्ञमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलगायत राजनीतिक दलका शीर्ष नेता आउने कार्यक्रमसमेत छ । जल, जङ्गल र जमिनको संरक्षण गर्दै वैदिक परम्पराको प्रवद्र्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि गरी धार्मिक पर्यटन विकास गर्न आयोजना गरिएको ब्राह्माण्डीय महायज्ञमा आउने दर्शनार्थीको ट्राफिक व्यवस्थापन मिलाउन हम्मेहम्मे परेको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख सुमन न्यूरेले बताउनुभयो ।

    पञ्चकोटमा विश्वशान्ति कलश निर्माणसँगै धार्मिक संरचना पूरा गर्न महायज्ञ आयोजनाबाट गरिएको हो । महायज्ञभर कथा वाचक पाठ बाहेक हरेक दिन फरक–फरक विधाका व्यक्ति उपस्थित भई विभिन्न शीर्षकमा गण्डकी क्षेत्रस्तरीय र राष्ट्रिय बहस पनि भइरहेको छ । महायज्ञको अवसरमा आइतबार कला र साहित्य सम्मेलन सम्पन्न भएको थियो । पञ्चकोट पुग्ने पर्यटकको सङ्ख्याका आधारमा सडक फराकिलो हुन आवश्यक रहेको बागलुङ नगरपालिका-६ का वडाध्यक्ष रुद्र केसीले बताउनुभयो ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    चितवनमा दुई जातका अङ्गुरको परीक्षण
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.