• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

म्याग्दे गाउँपालिकामा घुम्ती शिविर सञ्चालन

  •   मङ्गलबार, फागुन २२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले सबै सेवा एकै ठाउँबाट दिन घुम्ती शिविर सुरुआत गरेको छ । जनतालाई सहजरूपमा वडास्तरबाटै पालिकाका सेवा प्रदान गर्न गाउँपालिकाले सोमबारदेखि एकीकृत घुम्ती शिविर आयोजना गरेको हो ।

    वडाबाटै सेवा प्रदान गर्दा सेवाग्राहीलाई सहज हुने र समयको बचत हुने भएकाले वडा नं ३ बाट घुम्ती शिविर सुरु गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । सिहंदरबरको अधिकार गाउँगाउँमा भन्ने नारालाई प्रत्याभूत गर्न घरआँगनबाटै सेवा प्रदान गरिएको श्रेष्ठको भनाइ छ । उहाँले भन्नुभयो, “गाउँपालिकाको कार्यालयमै आएर लिनुपर्ने सेवालाई जनताको घरदैलोमा पुर्याउने उद्देश्य हो, यसले गर्दा सेवाग्राहीलाई एकदिन छुट्याएर गाउँपालिका आउनुपर्ने बाध्यताको अन्त्य हुन्छ । घरआँगनमै स्थानीय सरकार गएपछि जनतालाई स्थानीय सरकारको प्रत्याभूति गराउन सकिन्छ ।”

    गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले प्रत्येक आर्थिक वर्षमा गाउँपालिकाले वडास्तरमै पुगेर एकीकृत घुम्ती शिविर आयोजना गर्ने गरेको जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीका अनुसार सोमबार र मङ्गलबार वडा नं ३ मा घुम्ती शिविर हुनेछ । फागुन २३ र २४ गते वडा नं ४ मा, २७ र २९ गते वडा नं ५ मा, ३० र चैत १ गते वडा नं ६ मा, चैत २ र ४ गते वडा नं ७ मा, चैत ५ र ६ गते वडा नं १ मा र चैत ७ र ८ गते वडा नं २ मा एकीकृत घुम्ती शिविर हुनेछ ।

    घुम्ती शिविरबाट विषयगत शाखाअन्तर्गतका योजना सम्झौता, सुझाव तथा परामर्श सेवा, स्वास्थ्य÷आर्युर्वेद शाखाअन्तर्गत सामान्य स्वास्थ्य परीक्षण, उपचार व्यवस्थापन, परामर्श तथा औषधि वितरण, क्षयरोग स्क्रिनिङ, मधुमेह, पोषण सेवा, भिआइए स्क्रिनिङ, कोभिडविरुद्धको खोप प्रदान गरिने अधिकारीले जानकारी दिनुभयो ।

    कृषि शाखाअन्तर्गत हिउँदे बालीको बीउ वितरण, विषादी वितरण, फर्म दर्तासम्बन्धी आवश्यक कागजातको जानकारी, अनुदानसम्बन्धी जानकारी तथा माग सङ्कलन, पशु सेवा शाखाअन्तर्गत गोबर परीक्षण एवं औषधि वितरण, प्रशासन शाखाअन्तर्गत व्यवसाय दर्ता तथा विभिन्न विषयमा जानकारी प्रदान गरिनेछ ।

    पञ्जीकरण शाखाअन्तर्गत विभिन्न किसिमका घटना दर्ता तथा सामाजिक सुरक्षासम्बन्धी सेवा, महिला तथा बालबालिका शाखाअन्तर्गत ज्येष्ठ नागरिक परिचयपत्र र अपाङ्गता परिचयपत्र वितरण, घरनक्सा शाखाअन्तर्गत निःशुल्क घर नम्बरप्लेट वितरण गरिने जनाइएको छ ।

    बीमाको प्रचारप्रसार

    गाउँपालिकाले एकीकृत घुम्ती शिविरमार्फत बीमाको प्रचारप्रसार गरेको छ । गाउँपालिकाको पशु सेवा शाखाले किसानलाई बीमाको महत्व बुझाउने उद्देश्यसहित घुम्ती शिविरबाट यसको प्रचारप्रसार गरेको हो ।

    आकस्मिक रोगको क्षति न्यूनीकरण गर्न पशु वस्तुको बीमा गर्न किसानलाई प्रोत्साहन गरिने पशु सेवा शाखा प्रमुख डा विनय शाहले जानकारी दिनुभयो । पशुवस्तुको बीमाका लागि किसानले बुझाउने रकम गाउँपालिकाको पशु सेवा शाखामार्फत पुनः किसानलाई प्रदान गरिने कार्यक्रम चालु आर्थिक वर्षमा रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पशु बीमा गरेपछि पशुको क्षति भएमा किसानलाई राहत पुग्नेछ, बीमा निःशुल्क भएकाले यसको प्रचारप्रसारमा जोड दिएका छाँै ।”

    पशु सेवा शाखाले घाँसमा आधारित पशुपालनलाई समेत जोड दिएको छ । पशुपालनको ७० प्रतिशत लागत आहारामा खर्च हुने हुँदा मौसमअनुसारको जै, सुपर नेपियर, मकेचरी वर्षिमलगायतका घाँसखेती गरी घाँसमा आधारित पशुपालनबाट उत्पादन लागत घटाउँदै आम्दानी बढाउन किसानलाई अनुरोध गरिएको शाहले बताउनुभयो ।

    उहाँका अनुसार घुम्ती शिविरमा आकस्मिक तथा महामारीजन्य रोग रोकथाम तथा न्यूनीकरणका लागि खोरेत, भ्यागुते, चरचरे, पिपिआर, स्वाइन फिबर र कुकुर बिरालोमा रेबिजविरुद्धको खोप लगाइनेछ । उहाँले भन्नुभयो, “रेबिज रोग नियन्त्रणका लागि चालु आर्थिक वर्ष २०८०÷८१ भरि नै कुकुर बिरालोमा रेबिजविरुद्धको खोप निःशुल्क पशु सेवा शाखाबाट प्रदान हुँदै आएको छ ।”

    शिविरको पहिलो दिन एक हजार पशुवस्तुको स्वास्थ्य परीक्षण गरिएको छ । चार सय ४५ बाख्रा, चार सय ५६ कुखुरा, ४७ गाई, ३९ भैँसी, १० सुङ्गुर र नौ कुकुरको स्वास्थ्य परीक्षण गरिएको छ । त्यस्तै १७ बोकापाठाको बन्ध्याकरण गरिएको जनाइएको छ ।

    व्यास पराशर उद्यान नगरपालिकालाई हस्तान्तरण

    सहरी विकास मन्त्रालयमार्फत तनहुँको व्यास नगरपालिका–५ पराशर क्षेत्रमा निर्माण सम्पन्न भएको व्यास पराशर उद्यान (पार्क) नगरपालिकालाई हस्तान्तरण गरिएको छ । सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीले निर्माण गरेको उक्त पार्क सोमबार नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

    व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने र वडाध्यक्ष विष्णुकुमार श्रेष्ठको उपस्थितिमा आयोजना कार्यान्वयन एकाइ प्रमुख सरोज पौडेलले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीलाई उक्त पार्कको कागजपत्र हस्तान्तरण गर्नुभएको हो । उक्त ठाउँलाई धार्मिक पर्यटकीयस्थल बनाउने उद्देश्यसहित विसं २०७६ वैशाखमा पार्क निर्माणको काम थालनी भएको थियो । उक्त पार्कको लागत रु दुई करोड ९६ लाख ७० हजार दुई सय आठ रहेको छ ।

    लामो समयदेखि पार्क स्थानीय तहलाई हस्तान्तरण नहुँदा बेवारिसे अवस्थामा पुगेको थियो । नगरपालिकालाई पार्क हस्तान्तरण भएसँगै नगरपालिकाले अब यसको संरक्षणमा ध्यान दिने नगरप्रमुख न्यौपानेले जानकारी दिनुभयो । संरक्षणको अभावमा पार्कभित्रका संरचना भत्किन थालेका थिए । प्राविधिक कारणले पार्क हस्तान्तरण गर्न ढिलाइ भएको इकाइ प्रमुख पौडेलले बताउनुभयो ।

    पार्कभित्र वनभोजस्थल, पौडीपोखरी, माछापोखरी, मत्स्यकन्याको सालिक, बास्केटबल कोर्ट, प्रतिक्षालय, पार्किङस्थललगायतका संरचना निर्माण गरिएको छ । व्यास र पराशर ऋषिको जन्म एवं तपोभूमिमा निर्माण भएको पार्कलाई पर्यटक आकर्षणको केन्द्र बनाइने वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “पार्क अब नगरपालिकाको मातहतमा आएको छ, यसको संरक्षण गर्दै यसलाई धार्मिक पर्यटनको केन्द्र बनाउनेछौँ ।”

    हिन्दू धर्म, परम्परा, सनातन धर्मसँग सम्बन्धित पराशर र व्यास ऋषिको जन्मस्थल र तपोभूमि यस ठाउँ भएको हुनाले त्यसलाई प्रवर्द्धन गर्दै व्यवस्थित बनाउने योजनामा नगरपालिकाका रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार पार्क आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्दै आयआर्जनको माध्यमसमेत बन्नेछ ।

    उहाँले पवित्र धार्मिक तीर्थस्थल व्यास र पराशर आश्रमको आश्रम नजिकै पार्क रहेकाले पार्कले आन्तरिक पर्यटकलाई दमौलीमै घुम्ने वातावरण सिर्जना गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पार्कले यस वडालाई मात्रै नभएर सिङ्गो तनहुँ जिल्लाको पर्यटन प्रवर्द्धनका लागि भूमिका खेल्नेछ ।”

    चितवनमा एचआइभी सङ्क्रमण बढ्दो, नौ महिनामा ८० जनामा पुष्टि
    इच्छाकामना आधारभूत अस्पताल भवनको उद्घाटन
    भरतपुर अस्पतालमा पनि स्वर उपचार सेवा

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.