पोखरा । पोखरामा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत लमजुङ बेसीशहर-२ का ५६ वर्षिय पुरुषको असोज २७ गते दिउँसो ४:२३ बजे मृत्यु भएको हो । ती पुरुषमा मधुमेहलगायतका समस्या रहेको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । यससँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ । यस्तै, बुधबार बिहान गण्डकीमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । निर्देशनालयका अनुसार गोरखाका १६ र कास्कीका १ जनामा संक्रमण पुष्टि भएको हो ।








