• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

पर्यटकीय गन्तव्य बन्दै नरसिंहकोट

  •   सोमबार, फागुन २८, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    बागलुङ । बाइसेचौबिसे राज्य हुँदा भुरे राजाले राज्य सञ्चालन गरेको निसीखोला गाउँपालिका–७ राजकुटस्थित नरसिंहकोटलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने गरी पूर्वाधार निर्माण सुरु गरिएको छ । गण्डकी प्रदेश सरकार र गाउँपालिकाले पूर्वाधार निर्माणमा लगानी गर्दै आएका छन् । पूर्वाधार निर्माण सुरु र प्रचारप्रसार बढेपछि पछिल्लो समय यहाँ आन्तरिक पर्यटकसमेत बढ्दै गएका छन् ।

    नरसिंहकोटमा भौतिक पूर्वाधार निर्माणलाई पनि थप व्यवस्थित र पर्यटनमैत्री बनाउने गरी काम सुरु भएको वडा नं ७ का अध्यक्ष दीपक कुँवर (दिपु) ले बताउनुभयो । बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजारको नजिक रहेको यहाँ पछिल्लो समय आन्तरिक पर्यटक बढ्न थालेका छन् । बुर्तिबाङबाट बसमा एक घण्टा यात्रा गरेपछि नरसिंहकोट पुग्न सकिन्छ । यद्यपि सवारीका लागि सालझण्डी–ढोरपाटन सडकको विकल्प नभएकाले लामो बाटो तय गर्नुपर्ने अवस्था छ । बुर्तिबाङबाट अधिकांश पर्यटक पैदल नै त्यहाँ पुग्ने गरेका छन् ।

    नरसिंहकोटबाट १५ देखि २० मिनेटको पैदल दूरीमा रहेको टापुमा पनि पर्यटकको आकर्षण बढेको छ । यस क्षेत्रको प्रवद्र्धनका लागि गाउँपालिका र प्रदेश सरकारले निरन्तर लगानी गर्दै आएको वडाध्यक्ष कुँवरको भनाइ छ । उहाँले अघिल्लो जनप्रतिनिधिको पहलमा पर्यटनपार्क, पाटी, पौवा, मन्दिर व्यवस्थापन, पदमार्ग, घेराबार, झाडी व्यवस्थापन, पुराना संरचनाको पुनःनिर्माणलगायत काम भएको भन्दै अहिले पनि ती कामलाई पूर्णता दिन थालेको कुँवरको भनाइ छ ।

    चालु आर्थिक वर्षमा गण्डकी प्रदेशले विनियोजन गरेको रु १० लाख र निसीखोला गाउँपालिकाले विनियोजन गरेको रु सात लाखले भौतिक संरचना थप्दै गएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिकाले हरेक वर्ष बजेट विनियोजन गरेर काम गर्दै आएको छ भने प्रदेश सरकारले पनि लगानी गरेको छ, यस वर्ष गाउँपालिकाले विनियोजन गरेको रकमबाट कालिका मन्दिर निर्माण र गण्डकी प्रदेशले छुट्याएको बजेटले पर्खालसहितको घेराबार लगाउन थालेका छौँ, खानेपानीको व्यवस्थापन गर्नुपर्ने छ भने अन्य धेरै पूर्वाधार निर्माण भइसकेका छन् ।”

    नरसिंहकोटमा दैनिक एक सयभन्दा बढी पर्यटक पुग्ने गरेका छन् । अझ बिदाका दिन पर्यटकको सङ्ख्या बढ्ने गरेको छ । निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले पर्यटन विकासमार्फत गाउँपालिकालाई समृद्ध बनाउनसक्ने भन्दै सोहीअनुसार बर्सेनि लगानी भइरहेको बताउनुभयो । नरसिंहकोट ऐतिहासिक ठाउँ र यसको धार्मिक महत्व रहेको हुँदा गाउँपालिकाले मुख्य प्राथमिकतामा राखेर काम गरेको उहाँको भनाइ छ ।

    पर्यटकलाई पैदल यात्रा गर्नका लागि थप सहज होस् भन्ने उद्देश्यले रेलिङसहितको पदमार्ग निर्माण सकिएको उहाँले बताउनुभयो । “नरसिंहकोटसहित पालिकाका अन्य ठाउँमा पनि हामीले लगानी गर्दै आएका छौँ, यहाँ पूर्वाधार निर्माण गरी प्रचारप्रसारलाई तीव्र बनाएपछि अहिले पर्यटकको आगमन पनि राम्रो छ”, अध्यक्ष घर्तीमगरले भन्नुभयो, “सानो लगानी गाउँपालिकाबाट र ठूलो लगानी प्रदेश सरकारको सहयोगमा भइरहेको छ ।” नरसिंहकोटमा अहिले पनि मन्दिर छ ।

    जहाँ हरेक वर्षको नवदुर्गाको दिन धुमधामका साथ पूजाआजा गरिन्छ भने पशुपक्षीको बलि पनि चढाइने गरिन्छ । मन्दिरमा वैशाखे पूर्णिमा, मङ्सिरे पूर्णिमालगायत चतुर्दशी पूर्णिमामा सोत पूजाआजा हुने गर्दछ । यहाँ पूजाआजा गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । बागलुङ, प्यूठान, गुल्मीलगायत विभिन्न स्थानबाट मानिस पूजाआजा गर्न पुग्ने गर्दछन् ।

    यहाँबाट बुर्तिबाङ बजार स्पष्टरुपमा अवलोकन गर्न सकिन्छ भने बागलुङको विभिन्न स्थान, म्याग्दी, प्यूठान, गुल्मी, रोल्पा, रुकुम, पाल्पा, अर्घाखाँचीलगायत जिल्ला देख्न सकिन्छ । साथै धौलागिरि हिमाललगायत दर्जनौँ हिमशृङ्खला र उच्च मनोरम पहाडी भेगको अवलोकन गर्न सकिन्छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.