• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

१३औँ कँडेल कन्सल्टेन्सी कपको उपाधि सेन्टजर्ज नेप्लिज क्लबले जित्यो

  •   बिहिबार, चैत ०१, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    अष्ट्रेलिया । मेलबर्नको यती फुटबल क्लबले आयोजना गरेको १३औँ कँडेल कन्सल्टेन्सी कपको उपाधि सेन्टजर्ज नेपाली क्लबले जितेको छ। आइतबार मेलबर्नको मेलबर्नको डारेविन अन्तर्राष्ट्रिय स्पोर्टस सेन्टमा भएको फाइनल खेलमा यूनाइटेड फुटबल क्लबलाई हराउँदै उपाधि उचालेको हो।

    निर्धारित समयमा दुबै टिमले एक एकको बराबरी खेलेपछि पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टी सुटआउटमा सेन्टजर्ज नेपाली क्लबले यूनाइटेड फुटबल क्लबलाई ७–६ गोलले पराजित गरेको हो। उपाधि जितेको सेन्ट जर्ज नेपाली क्लबले १२ हजार अष्ट्रेलियन डलर नगद पुरस्कार पाएको छ। उपविजेतामा जित्त बुझाएको युनाइटेड एफसीले ४ हजार पाँच सय अष्ट्रेलियन डलर नगद र ट्रर्फी पाएको छ। सर्वाधिक गोलकर्ता यति एफसीका आशिष लामा, उत्कृष्ट गोल किपर सेन्टगर्जका मिलन गिरी, फाइनल खेलको म्यान अफ द म्याच सेन्टगर्जका रुपक लामा घोषित भएका थिए। फेयर प्ले अवार्ड भने नेप्लिज राईनो फुटबल क्लबले पायो।

    प्रतियोगिताको सर्वोकृष्ट खेलाडी आशिष चौधरी घोषित भएका थिए। खेलका उत्कृष्ट खेलाडीलाई ट्रफी र दुई अष्ट्रेलियन डलर पुरस्कार प्रदान गरिएको थियो। यस्तै ३५ वर्षभन्दा माथिको उमेर समूह तर्फको उपाधि यति फुटबल क्लब मेलबर्नले जितेको छ। फाइनल खेलमा यतीले क्रेगीबर्न एफसीलाई ३–२ ले पराजित गरेको थियो। उपाधि जितेको यति फुटबल क्लबले दुई हजार पाँच सय अष्ट्रेलियन डलर नगद पुरस्कार पाएको छ भने उपबिजेता बनेको क्रेगीबर्न एफसीले एक हजार अष्ट्रेलियन डलरमा पायो।

    फाईनल खेलको म्यान अफ दि म्याच यतीका बिशन गुरुङ भए भने प्लेयर अफ दि टुर्नामेन्ट यती फुटबल क्लबकै निरजन गुरुङ घोषित भए। एमसी आर्थर सिड्नी क्लबका राजेश श्रेष्ठले प्रतियोगितामा सर्वाधिक गोल गरेका थिए। फेयर प्लेको अवार्ड गोल्डकोष्ट एफसी क्लबले पायो। ३५ वर्षभन्दा माथिको उमेर समूह तर्फका उत्कृष्ट खेलाडीलाई ट्रफी र दुई सय अष्ट्रेलियन डलर पुरस्कार प्रदान गरिएको थियो। प्रतियोगिताका विजयी टिमलाई अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले पुरस्का वितरण गरेका थिए।

    पुरस्का वितरण कार्यक्रममा एनआरएनए भिक्टोरियाका पूर्व संयोजक हरि खड्का नेपाली संघ संस्थाका अगुवाहरूको उपस्थिति रहेको थियो। अस्ट्रेलियामा पहिलो पटक एकै प्रतियोगितामा पाँच जना नेपाली रेफ्रीले खेल संचालन गरेका थिए। अन्तर्राष्ट्रिय खेलमा समेत निर्णायक भूमिका निर्वाह गरिसकेका प्रकाश श्रेष्ठ र सुदिश पाण्डेका साथै रेफ्री प्रजेश अमात्य, सपन बस्नेत र अमृत कुमार श्रेष्ठले खेल संचालन गरेका थिए। सन् २००१ मा स्थापना गरिएको यति फुटबल क्लबले आयोजना गर्ने अष्ट्रेलियाव्यापी यो प्रतियोगितामा विभिन्न राज्यबाट १५ टिमको सहभागिता रहेको थियो। अघिल्लो वर्ष सम्पन्न भएको बाह्रौँ कँडेल कन्सल्टेन्सी कप उपाधि सिड्नीको बेनी फुटबल क्लबले जितेको थियो ।

    टुर्नामेन्टको मूख्य प्रायोजन मेलबर्नकै पहिलो नेपाली कन्सल्टेन्सी कँडेल कन्सल्टेन्सीले गरेको हो। विजेता टिमलाई बधाई दिँदै कँडेल कन्सल्टेन्सीका डाइरेक्टर राज कँडेल भन्नुहुन्छ,”सर्वप्रथम त मेलबर्नको नेपाली समुदायमा प्रतिष्ठित यस टुर्नामेन्टको आयोजना तथा सफलताका लागि निरन्तर लगावका साथ अथक मेहनत गर्ने आयोजक संस्था यति फुटबल क्लबलाई विशेष धन्यवाद दिन चाहन्छु। यस टुर्नामेन्टमा प्रायोजकको रुपमा विगत १५ वर्षदेखि निरन्तर जोडिन पाउनु कँडेल कन्सल्टेन्सी आफ्नो सौभाग्य सम्झिन्छ।”

    चितवन जिमका सुर्जेले जिते दोस्रो मिस्टर चितवनको उपाधि
    बिसिए प्राइड लिग क्रिकेट असोज १८ देखि, खेल तालिका पनि सार्वजनिक
    दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.