• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

इतिहासको साक्षी : चार सय वर्ष पुरानो भद्रिवम शिवालय

  •   शनिबार, चैत ०३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    गलेश्वर (म्याग्दी) । म्याग्दीको सदरमुकाम बेनी बजारमा चार सय वर्ष पुरानो भद्रीबम शिवालय तत्कालीन पर्वत राज्यको इतिहासको साक्षी बनेर रहेको छ । विसं १७५० मा निर्माण गरिएको यो शिवालय तत्कालीन अवस्थाको इतिहास नियाल्ने आँखीझ्याल बनेको छ । शिवालय अहिले धार्मिक पर्यटकको मुख्य आकर्षणको केन्द्रसमेत बनेको छ ।

    शिवालयको छानोमा रहेको वरको ठूलो रुख र वरका जराले शिवालयको पर्खाल घेरिएको छ । देख्दै अनौठो लाग्ने यो शिवालयको इतिहास भाइभाइबीचको आपसी वैमनश्यता र त्यसपछि उत्पन्न परिणामसँग सम्बन्धित छ । तत्कालीन पर्वत राज्यका राजा बलेबम मल्ल र भाइ भद्रीबम मल्लको आन्तरिक कलह तथा षड्यन्त्रका कारण कमजोर बनेको पर्वत राज्य र भद्रीबम मल्लको हत्यासँग यो शिवालयको गहिरो सम्बन्ध रहेको छ ।

    शिवालयको इतिहास

    पर्वत राज्यको इतिहासमा उल्लेख भएअनुसार समाल शाही वंशी जुम्लाका राजा आनन्द देवका नाति डिम्बबम (दिलीप बम) मल्लले विसं १५४५ मा ताकम राज्यमाथि विजय गरेपछि राज्य विस्तार गर्दै क्रममा क्रमशः पुला, ढोलठान र ज्यामरुकमा पनि विजय प्राप्त गरेको इतिहास छ । राजा डिम्बपछि छोरानाति नाग मल्ल, प्रतापीनारायण मल्ल, राज मल्ल, नर्सिङ मल्ल, नागवी मल्ल, नारायण मल्ल, कुँवर मल्ल, घनश्याम मल्ल र मलेबम मल्ल राजा भएको इतिहास छ ।

    नलैबमले आफ्ना भाइ भर्तिबमलाई ज्यामरुककोटको शासनभार (कजाइ खान) सुम्पेको बताइन्छ । पछि मलेबम र भर्तिबमबीच मनोमालिन्य उत्पन्न भई राजा मलेबमले भाइ भर्तीबमलाई ज्यामरुकबाट हटाउन खोज्दा भर्तिबमले “दियाँ पनि खान्न, धपाया पनि जान्न, ज्यामरुककोट छाड्दिन”, भनी अड्डी लिएपछि मलेबमले गुप्त षड्यन्त्र गरी भर्तिबमलाई पक्रन पठाएको बताइन्छ । भर्तिबम उहाँका मित डिल्ली भुजेलसहित भागेर लामगरा (लुङ्दी) मा पुगेको इतिहासमा उल्लेख छ ।

    भर्तिबमलाई दाजु मलेबमका सेनाले लामगरामा पक्राउ गरी शिरोच्छेदन गरी मारियो । यसरी उहाँलाई मारिएपछि शिर कालीगण्डकीमा बगाउँदा माथितर्फ बग्दै गलेश्वर नजिक पुग्यो भन्ने किंवदन्ती रहेको छ । राजा मलेबम मल्ललाई गोत्र हत्याको पाप लागि दूध र भात खान लाग्दा रगत तथा किरा बग्ने भई खान नभएपछि गोत्र हत्याको प्रायश्चित्त गर्न भाइ भद्रीबमको शिर ल्याई बेनीमा शिवालय मन्दिर स्थापना गरी राजा मलेबमले पूजाआजा गरेको इतिहास छ । उक्त शिवालय मन्दिरमा अद्यापि पूजाआजा गर्ने गरिन्छ । साथै मलेबमले आफ्ना गुरु प्रेमनिधि पन्तलाई ‘प्रायश्चित्त प्रदीप’ भन्ने पुस्तक लेख्न लगाउनुभएको थियो ।

    त्यसपछि बल्ल राजा मलेबमलाई शान्ति मिलेको थियो भन्ने मान्यता रहेको छ । भर्तिबम मल्लपछि राजा मलेबम मल्लका माइला छोरा अरिमर्दन मल्ल ज्यामरुककोटका राजा भएको मल्ल वंशावलीमा उल्लेख छ । उहाँको शासनकाल अर्थात् १८४३ मा बहादुर शाहले आठ हजार पर्वतका राजा कीर्तिबम मल्ललाई जितेपछि पर्वत राज्य पनि विशाल नेपालमा गाभिन पुग्यो । विसं १८४३ देखि जिम्मुवाल र नौ मुखियाद्वारा यहाँका राजनीतिक एव प्रशासनिक कार्य सञ्चालन भयो ।

    यसरी भयो भर्तिबम मल्लको हत्या

    भर्तिबम मल्ल जिउँदो रहेसम्म ज्यामरुककोटको राज्य नछाड्ने भयो भनी चिन्तामा परेका राजा मलैबम मल्लले भाइ भर्तीबम मल्लको हत्या गर्ने षडयन्त्र रच्न थालेको इतिहास छ । सोअनुसार जयन्ती मङ्गलाकालीको कालीगण्डकी दोभानमा सबेरै नुहाउने समयमा भर्तीबम मल्लको शिर छेदन गर्ने योजना बनाइ उहाँ नुहाउन आउने र जाने समयको चियो गर्न मलैबमले गुप्तचर खटाउनुभयो । सोही योजना मुताविक केही समयपछि राजा भर्तिबम मल्लको कालीगण्डकी किनारमा हत्या गर्न दाजु मलैबम मल्ल सफल भएको किंवदन्ती छ ।

    भाइ भर्तीबम मल्लको शिर छेदन गरी गण्डकीमा फाल्दा गिड उधाँे तिर र शिर माथितिर बग्न थाल्यो । भाइको हत्यापछि पश्चातापमा परेका मलैबम मल्ललाई मुखबिनाको भाइको शरीरको गिडले “दाजु ! मेरो हत्या गर्नुभयो, म निर्दोषी भाइलाई शिर छेदन गरेर मारेकामा प्रायश्चित्त गर्न चाहनुहुन्छ भने मेरो शिर मङ्गला र कालीगण्डकी नदीको दोभानमा राखी शिवजीको स्थापना गर्नु र गिड लामाखेतमा लगि त्यस ठाउँमा उघौली र उभौली गरी पूजा चलाउनु, शिवजी स्थापना गरेको ठाउँमा मन्दिर निर्माण गरी चौकुनामा गणेश, भगवती, नारायण आदि देवताको स्थापनागरी नित्य पूजा सञ्चालन गराइदिनु र नित्य पूजाका लागि गुठीसमेतको व्यवस्था मिलाइ दिनु”, भाइले भनेको भनाइ छ ।

    भाइको इच्छाअनुसार राजा मलैबमले (हालको बेनी शिवालयको गुठी) बागलुङको बागलुङ नगरपालिका–६ लहरेपीपलमा गुठीको व्यवस्था गरिदिनुभयो । सो गुठी अझैसम्म पनि रहेको छ । भर्तीबम मल्लकै इच्छाअनुसार दाजु मलैबम मल्लले विसं १७५० मा बेनी शिवालय मन्दिरको निर्माण गरेको इतिहास छ । त्यसपछि विसं १७७२ मा मलैबम मल्लले ढलोटको घण्टी मन्दिरमा चढाउनूका साथै मन्दिरको पश्चिमतर्फबाट मन्दिरको मूल ढोकातर्फ फर्केको राजा मलैबम र रानीमहल वसन्तको दुई हात जोडिएको मूर्ति राखेको बताइन्छ । त्यो आजसम्म पनि देख्न सकिन्छ । राजा मलैबम मल्लले भाइको बिना कसुर हत्या गरेको हुँदा गोत्र हत्याको पाप लाग्ने डरले ‘पाञ्चायत प्रायश्चित्त प्रदीप’ नामक ग्रन्थ लेख्न लगाउनुभएको इतिहास छ ।

    मलैबम मल्लको शासनकाल १७४३ देखि १७८९ सम्म रहेको थियो । आफ्ना पति राजा भर्तीबम मल्लको हत्याको खबर पाएपछि रानी विश्वमता, महारानी श्यामसुन्दरी देवी स्वरुपिणी मल्ल, पुत्र गोरे मल्ल र भान्छे बाहुनीका साथ हालको मङ्गलाघाट बजारदेखि माथि कुरिलाखर्क भन्ने ठाउँमा आफ्नो राज्य (ज्यामरुककोट) देखिने ठाउँमा गई तीन जना नै अल्पिएको र हालसम्म उनै श्यामसुन्दरी देवी स्वरुपिणी महारानीको पूजा गर्ने गरेको पाइन्छ । उहाँहरुले राज्य गरेको ठाउँ ज्यामरुकोटमा भने उहाँको कुनै वास्ता गरेको पाइँदैन ।

    राजा मलैबमले भाइ भर्तीबमको हत्या गरेपछि शिवलिङ्ग माथि मन्दिर निर्माण गर्दा भाइ भर्तीबमले सपनामा मेरो शिर राखिएको ठाउँमा जबसम्म हरियो रुख रहन्छ तबसम्म भर्तीबम जिवित छ र उ ज्यामरुककोटमा रहिरहन्छ भनेको भन्ने किंवदन्ती अझै पनि सुन्न पाइन्छ ।

    ऐतिहासिक शिवालयको संरक्षणमा समुदायको चासो

    ऐतिहासिक महत्वको यो शिवालयको संरक्षणका लागि स्थानीयले सक्रियता देखाएका छन् । शिवालयको संरक्षण र मन्दिर व्यवस्थापन गर्न २०५८ मा बेनी शिवालय संरक्षण समिति दर्ता गरेर व्यवस्थापनको काम गर्दै आएको समितिका अध्यक्ष विक्रम श्रेष्ठले बताउनुभयो । मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्नका लागि समितिले मन्दिर परिसरमा पूर्वाधार निर्माण, प्रचारप्रसार र प्रवद्र्धनमूलक कार्य गर्दै आएको समितिका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

    मन्दिर परिसरमा एक सय आठ शिवलिङ्ग स्थापना र यज्ञमण्डप निर्माण गरिएको छ । यस मन्दिरमा साउनको सोमबार, मङ्गलचौठी, जनैपूर्णिमा, ग्रहदशा पूजा, सत्यनारायणको पूजा, बालाचर्तुदर्शी, शिवरात्रिमा विशेष पूजाआजा हुने गर्छ । साथै नियमित पूजाआजका लागि मन्दिरमा पुजारीको पनि व्यवस्था गरिएको छ । रासस

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.