• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ४. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ५. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ६. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ९. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • १०. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

सुरक्षाकर्मीद्वारा आगो निभाउने संयुक्त अभ्यास

  •   आइतबार, चैत ०४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    खोटाङ ।  जिल्लास्थित तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मीले शनिबार आगलागी नियन्त्रणसम्बन्धी चेतनामूलक अभ्यास प्रस्तुत गरेका छन् । डिभिजन वन कार्यालय खोटाङले सुरु गरेको अग्नि नियन्त्रणसम्बन्धी साताव्यापी कार्यक्रमअन्तर्गत सुरक्षाकर्मीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित चन्द्रमान सामुदायिक वनमा संयुक्त अभ्यास गरेका हुन् ।

    गोरखनाथ गण मुडे ब्यारेकका नेपाली सेना, जिल्ला प्रहरी कार्यालय खोटाङका नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल ७ नं गुल्म खोटाङका सशस्त्र प्रहरीले संयुक्तरूपमा आगलागी नियन्त्रणसम्बन्धी अभ्यास गरेका हुन् । उनीहरूले अग्निरेखा निर्माण, आगलागी नियन्त्रण तथा आगलागीका घटनाबाट बच्ने उपायबारे स्थानीय बासिन्दालाई सहभागी गराएर अभ्यास गरेका थिए । आगो निभाउन सबैको सहयोग तथा सहकार्य आवश्यक हुने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताउनुभएको छ । “आगलागी फायर, फ्युल र अक्सिजन एकैसाथ मिलेपछि हुन्छ । आगलागी नियन्त्रण गर्न हामीले फ्युल हटाउन सक्छौँ । जङ्गलमा पाइने पत्कर, सुकेका झाडीलगायत ज्वलनशील वस्तु फ्युल हुन् ।

    त्यसलाई हटाएर अग्निरेखा निर्माण गरेमा आगलागी नियन्त्रण गर्न सकिन्छ”, उहाँले भन्नुभयो । वनमा जानाजान आगो लगाउनेलाई कानुनले १२ वर्षसम्म कैदको सजाय तोकेको जानकारी दिँदै यदि त्यसो गरेको पाइएमा प्रहरीले कानुनबमोजिम कारबाही गर्ने चेतावनी उहाँले दिनुभयो । हिउँदमा हुनसक्ने वन डढेलो तथा आगलागीका घटनालाई नियन्त्रण गर्न सप्ताहव्यापी अग्नि नियन्त्रण अभियान सुरु गरिएको वन कार्यालयका प्रमुख पशुपति दाहालले जानकारी दिनुभयो । “खोटाङ आगलागीका घटना हुने उच्च जोखिममा रहेको जिल्लामा पर्दछ । वन डढेलोका कारण हरेक वर्ष ठूलो क्षति हुने गरेको छ ।

    यसलाई नियन्त्रण गर्न सप्ताहव्यापी कार्यक्रम सुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “आगलागीका घटना नियन्त्रण गर्न सबै नागरिक सचेत हुन जरुरी छ । अभियानका क्रममा विशेषगरी स्थानीय बासिन्दालाई लक्षित गरेर चेनामूलक कार्यक्रम सञ्चालन गर्छौँ ।” अभ्यासमा सामुदायिक वन उपभोक्ता महासङ्घ, स्थानीय वन उपभोक्ता समिति, स्थानीय बासिन्दालगायतको उपस्थिति रहेको थियो । त्यस अवसरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले आगलागी नियन्त्रणमा सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

    यसैबीच १० स्थानीय तह रहेको जिल्लाका विभिन्न सामुदायिक वनमा डढेलो सल्केको छ ।

    हलेसी तुवाचुङ नगरपालिका–९ धितुङमा शनिबार दिउँसो लागेको डढेलो गाउँवस्तीमा सल्किदा दुई घर जलेका प्रहरीले जनाएको छ । चौतारा सामुदायिक वनमा लागेको डढेलोले स्थानीय गजेन्द्र राई र ज्ञानीमाया राईको घर पूर्णरूपमा क्षति भएको जनाइएको छ । ऐसेलुखर्क गाउँपालिका–६ ज्यामीरेस्थित सामुदायिक वनमा लागेको डढेलोले खुतप्रसाद फुँयाल, युवराज राई र बुद्धिनाथ लम्सालको घर जलेको प्रहरीले जनाएको छ । डढेलोले बुद्धिनाथका ६० वटा बाख्रासमेत मरेका छन् । जिल्लामा भएका आगलागीका घटनाबाट अहिलेसम्म मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयका प्रमुख खड्काले राससलाई जानकारी दिनुभयो ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ४.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ५.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.