चितवन । सहज जित हात पार्दै आबुखैरेनी भरतपुरमा जारी सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । आज (बुधबार) सम्पन्न दोस्रो सेमिफाइनलमा गैंडाकोट एफसीलाई ३-० ले हराउँदै आबुखैरनी फाइनलमा प्रवेश गरेको हो । आबुखैरनीको जितमा अबायोमी र फोडे फोफनाले गोल गरे ।
आबुखैरनीले एक उपहार गोल पाएको थियो । आबुखैरेनीका भविन्द्र मल्ल म्यान अफ दि म्याच भए । आबुखैरेनीले अब उपाधिका लागि चैत १० गते सेन्ट्रल कलेज २८ बिगाको सामना गर्नेछ ।
२८ बिगा यस अघि पहिलो सेमिफाइनलमा घैरुङ एफसीलाई हराउँदै फाइनलमा पुगिसकेको छ । चितवन ११ फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिता चैत १० गतेसम्म चल्नेछ ।
प्रतियोगिताको विजेताले तीन लाख ३ हजार तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।








