• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ६. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

संसद्को बाँकी अवधिसम्मै गठबन्धनले मिलेर काम गर्छः उपप्रधानमन्त्री महासेठ

  •   बिहिबार, चैत ०८, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    जनकपुरधाम  ।  उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले संसद्को बाँकी अवधिसम्म वर्तमान गठबन्धनले मिलेरै काम गर्ने बताउनुभएको छ । जनकपुधाम विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री महासेठले प्रतिपक्षमा रहेका दलहरूसहितको सहकार्यमा वर्तमान गठबन्धन सरकारले देश विकासका लागि प्रतिबद्ध भएर काम गर्ने बताउनुभयो । नेपाल कम्यनिष्ट (एमाले)ले चार वर्ष तीन महिनापछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्व गर्न पाएको भन्दै उहाँले प्रधानमन्त्री दाहालले भौतिक पूर्वाधारको विकासलाई उच्च प्राथमिकतामा राखेर काम गर्नु निर्देशन दिनुभएकाले आफू त्यसमा कटिबद्ध भएर लाग्नेसमेत बताउनुभयो ।

    “भौतिक पूर्वाधारको विकासविना देश समृद्धितर्फ जानसक्दैन । त्यसैले सरकारको पहिलो लक्ष्य नै भौतिक पूर्वाधारसँग सम्बन्धित विषयहरूमा काम गर्नु हो । त्यसर्थ हुलाकी सडकदेखि पूर्वपश्चिम महेन्द्र राजमार्गको स्तरोन्नति र अन्य मार्ग, पुलपुलेसा तथा सडक समयमै बनाउन हामी लाग्छौँ”, उपप्रधानमन्त्री महासेठले भन्नुभयो । त्यसैगरी धनुषामा अधुरा रहेका सडक, पुल पुलेसा र अन्य विकास निर्माणका काम आफ्नै पालामा सम्पन्न गर्नेगरी काम गर्ने पनि महासेठको भनाइ थियो ।

    एमाले—कांग्रेसबीच सहकार्यका विषयमा सञ्चारकर्मीहरूले राखेको जिज्ञासामा महासेठले वर्तमान सरकारले बाँकी अवधिसम्म सहकार्य गर्ने र प्रतिपक्षमा रहेको नेपाली कांग्रेससँग पनि सहकार्यको भावनाका साथ अगाडि बढ्ने बताउनुभयो । “यो सरकार बाँकी अवधिसम्म चल्छ । प्रमुख प्रतिपक्षी भन्नुको अर्थ कांग्रेस ‘वेटिङ गभर्मेन्ट’ समेत भएकाले उसँग प्रतिपक्षमा होस् वा सरकारमा जहाँ भए पनि सहकार्य त हुन्छ नै, जो अहिले भइरहेको छ”, महासेठले भन्नुभयो । उहाँले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेका विषयमा कांग्रेसले उठाएको प्रश्न आफ्नो कित्तामा नउभिएपछिको अवस्था भएको प्रतिक्रिया दिनुभयो ।

    महासेठले सो विषय छलफल र अनुसन्धानकै अवस्थामा रहेकाले दोषी देखिए कसैले पनि सरकारमा बस्न नसक्ने धारणा राख्नुभयो । त्यस्तै, मधेस सरकारसहित सातवटै प्रदेश सरकार पुनःगठनका विषयमा गठबन्धन दलबीच छलफल चलिरहेकाले चाँडै निष्कर्षमा पुग्ने बताउनुभयो । नेकपा (एमाले) को तर्फबाट नेतृत्व गर्दै सरकारमा गएपछि पहिलोपटक गृहजिल्ला धनुषा आउनेक्रममा महासेठलाई नेता तथा कार्यकर्ताले जनकपुरधाम विमानस्थलमा भव्य स्वागत गरेका थिए ।

    समर्थक, नेता तथा कार्यकर्ताहरूले मैथिली परम्परामा शुभ मानिने माछा र दहीको भारसहित स्वागत गरेका थिए । नेकपा (एमाले) जनकपुरधाम उपमहानगर कमिटीले उहाँलाई तीन सय ११ किलो माला लगाएर सम्मानसमेत गरेको थियो ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.