• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

पर्यटन राजधानी नजिकैको ठूलाकोट–ठूलास्वाहाँरा क्षेत्रको प्रवर्द्धनमा भिटोफ

  •   शनिबार, चैत १०, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    गण्डकी । यही चैत ४ गते पर्यटन राजधानी घोषणा भएको पोखरासँगै आसपासका पर्यटकीय गाउँको पर्यटकीय प्रवर्द्धन र विकासलाई गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशले सक्रियता देखाएको छ । पर्यटन राजधानी आसपासका पर्यटकीय गाउँलाई प्रवर्द्धन गर्दै त्यहाँ पर्यटकीय गतिविधि बढाउनुपर्छ भन्ने उद्देश्यका साथ ठूलाकोट–ठूलास्वाहाँरा क्षेत्रको प्रवर्द्धनात्मक परिचयात्मक अवलोकन भ्रमण गरिएको भिटोफ गण्डकी प्रदेशका अध्यक्ष शोभा सापकोटाले बताउनुुभयो ।

    ‘हरेक गाउँ, पर्यटकीय ठाउँ’ भन्ने नाराका साथ भिटोफले गाउँ पर्यटनको विकास गर्दै आएको बताउँदै उहाँले धेरै पर्यटकीय सम्भावना भएर पनि अपेक्षित प्रवर्द्धन हुन नसकेको ठूलाकोट–ठूला स्वाहाँरा क्षेत्रमा पर्यटनसम्बद्ध क्षेत्रका विज्ञ, प्रतिनिधि तथा सञ्चारकर्मीको अवलोकन भ्रमण गराइएको बताउनुुभयो ।

    उत्तरमा मादी नदी, दक्षिणमा सेती, पूर्वमा बेगनास पचभैया र पश्चिममा सुनपदाली विजयपुरभित्र रहेको पोखरा महानगरपालिका–२८ स्थित ठूलाकोट र नजिकै रहेको कास्कीकै मादी गाउँपालिका–५ स्थित ठूलास्वाहाँरा यस क्षेत्रकै ऐतिहासिकस्थलका रुपमा चासो र चर्चा कमाएका छन् । ठूलाकोट मौजाको रूपमा इतिहासदेखि नै चासो र चर्चा कमाएको यस ठाउँबाट नजिकै रहेको कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल अर्घौंअर्चलेका कारण पनि यहाँको गरिमा र महत्व अझै बढाएको छ ।

    ठूलाकोट एवं आसपासको प्राकृतिक सौन्दर्यताको चर्चा गर्दै कवि शिरोमणिले आफ्ना बाल्यावस्थाको स्मरण गर्दै रचना गर्नुभएको कवितामा उल्लेख गर्नुुभएको छ,

    “सङ्गीतसित रङ्गिँदै म कहिले पुग्थेँ ‘ठूलाकोट’मा
    कैले समथर फाँट टारहरूका चित्रे घना गोठमा ।
    जान्थ्यो दृष्टि जता उतै प्रकृतिको मुस्कान राम्रो थियो
    जसमा बाल्य विकासको मधुरिमा स्वर्गीय हाम्रो थियो ।।”

    कवि शिरोमणिले भनेजस्तै ठूलाकोट र आसपासका प्राकृतिक दृश्य लोभलाग्दा छन् । उत्तरतर्फ चाँदीजस्तै टलक्क टल्किएका हिमाल, यसको काखमा छचल्किइरहेका पोखरा तथा लेखनाथका तालतलैयालाई अझै पनि पर्यटकीयरुपमा अपेक्षित उपयोग भने गर्न नसकिएको नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी सदस्य एवं पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष टीकाराम सापकोटाले बताउनुुभयो । दिवाकालीन दृश्यावलोकनसँगै ठूलाकोट यो क्षेत्र रातको समयमा तारामण्डल हेर्ने उपयुक्त गन्तव्यसमेत रहेको सापकोटाको भनाइ छ ।

    पदयात्रा एवं पर्वतारोहण पर्यटनमा तारामण्डल अवलोकन पनि महत्वपूर्ण पक्ष भएको भन्दै उहाँले यस ठाउँलाई तारामण्डल अवलोकनको गन्तव्यका रुपमा पनि विकास गर्न सकिने देखिएको बताउनुुभयो । प्रकृतिले सम्पन्न ठूला कोटसँग जोडिएको इतिहास र त्यसैसँग सम्बन्धित संस्कृतिलगायतको उचित प्रचारप्रसार एवं पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको पोखरा महानगरपालिका–२८ का वडाध्यक्ष श्रीकृष्ण लामिछाने बताउनुुहुन्छ । ठूलाकोटस्थित कालभैरव मन्दिर यहाँका अतिप्राचीन धार्मिक महत्वको स्थल रहेको बताउँदै उहाँले यसको ऐतिहासिक एवं धार्मिक महत्वलाई उजागर गदैै धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य राखिएको बताउनुुभयो ।

    वडाभित्र रहेका ठूलाकोटको कालभैरवलगायत कालिका मन्दिर आदिको पुरातात्विक महत्वलाई खोज्दै यिनीहरूको दीर्घकालीन विकास गर्ने उहाँको भनाइ छ । ठूलाकोट र आसपासको क्षेत्र प्राचीन समयदेखि नै समाजमा विशिष्ट प्रभाव पार्ने ज्योतिषीहरूको जन्मस्थान पनि हो । ग्रह नक्षत्र आदिका गति, स्थिति वा तिनका अनुसार हुने शुभाशुभ फलका ज्ञाता ज्योतिष विद्यामा पारङ्गत मानिएका प्राणनाथ त्रिपाठी, मनोहरि त्रिपाठीजस्ता ज्योर्तिविद्को सफल साधनामा यो ठाउँको प्रभाव पनि रहेको स्थानीयवासी तर्क गर्दछन् ।

    इतिहासलाई खोतल्दा बाइसे÷चौबिसे राजाका पालामा तत्कालीन गण्डक क्षेत्रका कोटमध्येको ठूलो कोट भएकै कारण यसको नाम ठूलाकोट रहन गएको हो । तत्कालीन समयमा छिमेकी लमजुङ राज्यबाट आइपर्ने आक्रमणको खतरा सामना गर्न यस ठाउँमा सेना तैनाथ गरिन्थ्यो । त्यसै समयमा यहाँ शक्तिस्वरूप कालभैरव र दुर्गाको पूजाआजा गरिएको पाइन्छ । प्राचीनकालदेखि स्थापित कालभैरव र दुर्गा मन्दिरका कारण यहाँको विशिष्ट धार्मिक महत्व रहेको छ ।

    तत्कालीन नेपालका बाइसे÷चौबीसे राजाका पालामा यहीँबाट सीमा सुरक्षा व्यवस्था गर्ने, मौलो पुज्ने प्रसिद्ध किल्लाको रूपमा यसको महिमा र गरिमा रहेको बूढापाका बताउँछन् । यहाँ आएर कालभैरव र दुर्गालाई पूजा गरेमा चिताएको पुग्ने विश्वासका कारण दसैँका साथै अन्य समयमा विभिन्न स्थानबाट भक्तजन भाकलसहित पूजाआजा गर्न आउँछन् । विगतको इतिहास र प्रचलित संस्कृतिलाई निरन्तरता दिँदै अहिले पनि प्रत्येक चैतेदसैँ र विजयादशमीमा यहाँ विशेष पूजाआजा गर्ने गरिएको पर्यटन व्यवसायी एवं नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशका पूर्वअध्यक्ष जीवनराज सापकोटाले बताउनुुभयो ।

    ठूलाकोट आफैँमा प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त गन्तव्य भएको बताउँदै उहाँले यहाँबाट देखिने मनोरम हिमशृङ्खला, लेखनाथका बेगनास, रुपा, खास्टे, निउरेनी, गुदे, दिपाङ र मैदीताल, पोखरा उपत्यका र आसपासका सुन्दर हरियाली डाँडाकाँडालाई पर्यटन बजारमा पु¥याउनुुपर्नेमा जोड दिनुुभयो । उक्त गाउँमा प्राकृतिक, ऐतिहासिक, पुरातात्विक, धार्मिक, मनोरञ्जन र साहसिक पर्यटनका विविध पूर्वाधार निर्माण गरी पर्यटनबाट रोजगारी र आयआर्जन बढाउन सकिने देखिएको भिटोफ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष तारानाथ पहारीले बताउनुुभयो ।

    यो गाउँबाट देखिने मनोरम हिमशृङ्खला, लेखनाथका बेगनास, रुपा, खास्टे, निउरेनी, गुदे, दिपाङ र मैदीताल, पोखरा उपत्यका र आसपासका सुन्दर हरियाली डाँडाकाँडालाई पर्यटन बजारमा पु¥याउनुुपर्ने उहाँको भनाइ छ । ठूलाकोटसँगै नजिकै रहेको ठूलास्वाहाँरामा स्थानीयले घरवास सञ्चालनमा ल्याएका छन् । गाउँको पर्यटकीय विकासलाई लक्षित गरी तीन वर्षदेखि यहाँका पाँचवटा घरमा घरबास सञ्चालन भइरहेको ठूलास्वाहाँरा टोल विकास संस्थाका अध्यक्ष एवं मादी गाउँपालिका होमस्टे महासङ्घका अध्यक्ष भीम गुरुङले बताउनुुभयो ।

    यहाँस्थित घरवासमा दैनिक ४० जनासम्म राख्न सकिने बताउँदै उहाँले प्राकृतिक दृश्यावलोकनसँगै स्थानीय प्राङ्गारिक उत्पादनको स्वाद चाख्न पाउनु यहाँको विशिष्टता भएको जानकारी दिनुुभयो । यहाँबाट समग्र पोखराको दृश्यावलोकन गर्न पाइने बताउँदै उहाँले गाउँ पर्यटन प्रवर्द्धनका माध्यमबाट स्थानीयवासीको रोजागारी अभिवृद्धि गर्ने लक्ष्य राखिएको बताउनुुभयो । पोखरा पर्यटन राजधानी घोषणा भइसकेको अवस्थामा पोखरा आसपासका गन्तव्यलाई पर्यटनसँग जोड्न अपरिहार्य भएको पर्यटनविज्ञ डा रामजी शर्मा बताउनुुहुन्छ ।

    पोखरा पर्यटन राजधानी भएका अवस्थामा आसपासका गन्तव्यको प्रवर्द्धन र विकासका लागि पर्यटनसम्बद्ध सङ्घसंस्थाले चासो दिनुपर्ने उहाँको भनाइ छ । पर्यटन राजधानी पोखरा आसपासका पर्यटकीय गाउँलाई प्रवर्द्धन गर्न सकेमा गाउँबाट भइरहेको स्थानीयवासीको पलायनलाई रोक्न सकिने प्राध्यापक दीपेन्द्र पहारीको बुझाइ छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.