• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

ओझेलमा अपाङ्गता पढाउने विद्यालय

  •   शनिबार, चैत १०, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    बागलुङ । शारीरिक अपाङ्गता हुनुभएका पोखरा महानगरपालिका–१७ निवासी सुस्मा रुचाल हाल बागलुङ नगरपालिका–१ स्थित रामरेखा आधारभूत विद्यालयमा अध्ययनरत हुनुहुन्छ । परिवारको हेरचाह नपाउँदा पढ्न नपाउनुभएका रुचाल आवासीय सुविधासहित अध्ययन गरिरहनुभएको छ । यस विद्यालयमा रुचालजस्ता १४ जना अपाङ्गता भएका विद्यार्थी आवासीय सुविधासहित अध्ययनरत गरिरहेका छन् ।

    शारीरिक रुपमा अपाङ्गता भएका, अभिभावकविहीन, हेला होचामा परेकाजस्ता विद्यार्थीलाई यस विद्यालयले अध्ययनको व्यवस्था मिलाएको छ तर तिनै अपाङ्गता भएका विद्यार्थीलाई पढाउने विद्यालय सरोकारवालाको नजरमा पर्न सकेको छैन । सो विद्यालयमा बागलुङ बजारका श्रमिक तथा माझी समुदायका एक सय १७ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् । ग्रामीण भेगका विद्यालयहरु सुविधा सम्पन्न भइसक्दा सदरमुकामसँगै रहेको रामरेखा आधारभूत विद्यालयमा भौतिक पूर्वाधारलगायत संरचनामा निकै कमजोर छ ।

    अपाङ्गता भएका विद्यार्थी पढाए पनि अपाङ्गमैत्री पूर्वाधार बन्न सकेको छैन । सीमित स्रोत र साधनले विद्यालय चलिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र केसीले बताउनुभयो । “विभिन्न जिल्ला र बागलुङका दूरदराजमा रहेका अपाङ्ग बालबालिकालाई शिक्षा दिनु हाम्रो कर्तव्य हो तर विद्यालयको आन्तरिक आय छैन । सरकारले आवासीय सुविधाका लागि दिएको मासिक चार हजारले पुग्दैन”, अध्यक्ष केसीले भन्नुभयो, “अपाङ्गमैत्री केही भौतिक संरचना भए पनि पूर्ण छैन । अपाङ्गमैत्री शौचालय, लत्ताकपडा, स्याहारसुसारको अभाव छ । अतिरिक्त सहयोग कतैबाट पाइएन ।”

    विद्यालयमा लोपोन्मुख माझी समुदायका छोराछोरी समेत पढ्दै आएका छन् । विद्यालय सञ्चालनमा थुप्रै कठिनाइ रहेको विद्यालयका निमित्त प्रधानध्यापक सृजना पौडेलले बताउनुभयो । एकजनाले मासिक रु १२ हजार तलबमा २४ घण्टा अपाङ्गता भएका बालबालिकाको स्याहार गर्ने कार्य कठिन भएको प्रअ पौडेलको भनाइ छ । “शारीरिक रुपमा कमजोर बालबालिकाको नियमित औषधि तथा उपचारको खाँचो छ । औषधि उपचारको खर्च विद्यालयले थेग्न सकेको छैन”, प्रधानअध्यापक पौडेलले भन्नुभयो, “बागलुङ बजारमै भएर समेत हाम्रो विद्यालयमा कसैको नजर परेको छैन ।”

    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित
    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.