• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

जीर्ण महोत्तरी कारागारको तत्काल जीर्णोद्वार थाल्न सुझाव

  •   शुक्रबार, चैत १६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    महोत्तरी । महोत्तरी कारागार जीर्ण भएको छ । सङ्घीय संसद्को कानुन, न्याय तथा मानवअधिकार समितिको कारागार अनुगमन उपसमितिले कारागार प्रशासनसहितको सहभागितामा गरेको अनुगमनबाट पनि यो जीर्ण भएकाले तत्काल जीर्णोद्वार थाल्नुपर्ने सुझाव दिएको छ । समितिका सदस्यद्वय प्रतिनिधिसभा सदस्य नगिना यादव तथा गोमा सापकोटा र समितिको सचिवालयका अधिकृत प्रवीण राईसहितको टोलीले बिहीबार कारागार अनुगमन गरेको हो ।

    जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुख र कारागार प्रशासनको सहभागितामा अनुगमन गरिएको प्रतिनिधिसभा सदस्य नगिना यादवले बताउनुभयो । “कारागारमा क्षमताभन्दा चौब्बर बढी कैदी÷थुनुवा राखिएका रहेछन्, सुत्न, बस्न कठिन रहेछ”, यादवले भन्नुभयो, “करिब डेढ फिट चौडा ठाउँमा ओल्टोकोल्टो फेर्न पनि नपाइने गरी कैदी बसेका रहेछन्, कारागारको अवस्था अत्यन्त रुग्ण देखियो ।” जम्मा १३५ कैदी÷थुनुवा राख्ने क्षताको कारागारमा आज ५८४ जना रहेका कारागार प्रशासनले नै जनाएको छ ।

    कारागारमा पठनपाठन, खेलकुद र मनोरञ्जनका कुनै सुविधा छैनन् । औषधोपचार पनि चाहिएको बेला पाउन नसकिएको कैदी÷थुनुवाले बताएका यादवको भनाइ छ । सबैभन्दा गम्भीर कुरा त १६७ वर्ष पुरानो भवनका इँटा झर्ने, छत उप्केर टुक्रा झरिरहने क्रमले बसाइँ डरमर्दो देखिएको अर्का सदस्य गोमा लाभ सापकोटाले बताउनुभयो । विक्रम संवत् १९१३ मा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले निर्माण गराएका भवनमा अझै कारागार सञ्चालन हुदै आएको हो । “जीर्ण भवन कतिबेर ढल्छ भन्ने त्रास जतिखेर पनि रहेछ, कतै पर्खालका इँटा झर्छन, कतै छतको प्लास्टर उप्किएर झर्दोछ”, प्रतिनिधिसभा सदस्य सापकोटा भन्नुहुन्छ, “जतिखेर पनि कैदी÷थुनुवा त्रासमा रहेछन् ।”

    सरकारले सबैभन्दा पहिले सुरक्षित कारागार भवनको व्यवस्था गर्नुपर्ने पहिलो आवश्यकता देखिएको सापकोटा बताउनुहुन्छ । जीर्ण कारागार भवन यदाकदा टालटुलबाहेक राम्ररी मर्मतसम्भार नगरिएको कैदी थुनुवाको भनाइ छ । प्रत्येक वर्ष बर्खाकालमा पानी जम्ने र बर्खाको भेलले नगरको फोहर कारागारभित्र छिर्दा आफूहरुको बसाइँ अत्यन्त कष्टकर बन्ने गरेको कैदीबन्दीले बताएका छन् । हिउँदमा घाम नदेखिँदा सिमेन्टको चिसो, गर्मीमा उखरमाउलो ताप खेप्नु नियति नै बनेको कैदी थुनुवाको गुनासो छ ।

    कारागारमा दिसापिसाब र नुवाइधुवाइका लागि लामो पालो पर्खन पर्दा सरसफाइको कमीले अधिकांश कैदी थुनुवामा चर्मरोग भएको छ । विभिन्न रोगले गाँजेका कैदी थुनुवा पनि सराबरी बस्दा चर्मरोगको सङ्क्रमण चाँडै फैलिएको हो । कारागारमा ससाना २४ कोठा, १५ वटा शौचालय, सातवटा चापाकल र छ धारा छन् । करिब ६०० सङ्ख्याका कैदी थुनुवाले दैनिक नित्यकृया पनि ठीक समयमा गर्न नपाएको गुनासो गरेका छन् । धनुषा जिल्लामा कारागार नहुँदा त्यहाँको चापले यहाँ कैदी बढेका कारागार प्रशासनले जनाएको छ ।

    कूल कैदी थुनुवामध्ये ६० प्रतिशतभन्दा बढी धनुषाकै रहेका कारागार कार्यालयका सूचना अधिकारी रविनचन्द्र ठाकुर बताउनुहुन्छ । जलेश्वरमा कारागारको छ बिघा ११ कट्ठा १७ धुर जग्गा भए पनि सो ठाउँमा नयाँ कारागार भवन निर्माण हुन सकेको छैन । आफ्नै जग्गामा आधुनिक सुविधा सम्पन्न खुला कारागारको अवधारणाअनुसारको प्रस्ताव गृह तथा अर्थ मन्त्रालयमा पु¥याइए पनि त्यसले गति नलिएको सूचना अधिकारी ठाकुरको भनाइ छ । रासस

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.