• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

काम गर्न नसकेको दिन सरकारबाट बाहिरिन्छौँ: गृहमन्त्री लामिछाने

  •   शनिबार, चैत १७, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    इलाम । उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरु काम गर्नका लागि सरकारमा सहभागी भएको भन्दै काम गर्न नसकेका दिन सरकारबाट आफै बाहिरिने बताउनुभएको छ । आज इलाम चोकबजारमा इलाम–२ उपनिर्वाचनका लागि पार्टीका उम्मेदवार घोषणासभालाई उहाँले भन्नुभयो, “रास्वपा सरकारमा नगएको भए हुन्थ्यो भन्ने कुरा पनि आम नागरिकमा छ, तर हामी काम गरेर देखाउनका लागि सरकारमा सहभागी भएका हौँ, केही सङ्केत देखाइसकेका छौँ ।”

    उहाँले रास्वपा सरकारमा सहभागी भइसेकपछि सुशासन र सेवा प्रवाहमा जनताले अपेक्षा गरेअनुरुप सुधार सुरु भइसकेको दाबी गर्नुभयो । उहाँले विभिन्न समयमा भएका सबै भ्रष्टाचारका फाइलहरु क्रमशः खोलिँदै लैजाने बताउँदै भ्रष्टाचारीहरू कसैलाई पनि उम्कन नदिने बताउनुभयो । “हामी सरकारमा आएको धेरै भएको छैन, तर हाम्रो सुरुआती कामबाटै केही न केही सङ्केत त पाइसक्नुभएको छ”, लामिछानेले भन्नुभयो, “अब क्रमशः सबै भ्रष्टाचारका फाइल खोल्छौँ, त्यसपछि हाम्रो काम देख्नुहुन्छ, तर अलिकति समय पर्खनुहोस् ।”

    उहाँले आफ्नो पार्टीले सरकारमा रहँदा र प्रतिपक्षमा रहँदा समेत संसद्बाट जनताकै पक्षमा निरन्तर काम गरिरहेको उल्लेख गर्दै इलामबाट एक जना सांसद थपेर पठाइदिन जिल्लावासीलाई आग्रह गर्नुभयो । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, सो पार्टीका उपसभापति एवं प्रतिनिधिसभा सदस्यद्वय डा स्वर्णिम वाग्ले, डा तोसिमा कार्की, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, रमेश प्रसाईँले सम्बोधन गर्नुभएको थियो । मिलन लिम्बू उम्मेदवार रास्वपाले इलाम–२ मा हुने लागेको प्रतिनिधिसभाको उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार घोषणा गरेको छ । पार्टी सभापति लामिछानेले घण्टी बजाए उम्मेदवार घोषणा गर्नुभयो ।

    उम्मेदवार घोषणापछि लामिछानेले उम्मेदवार लिम्बूलाई घण्टी हस्तान्तरण गरी शुभकामना दिनुभएको थियो । पत्रकारिता छाडेर स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएका लिम्बूलाई रास्वपाले पार्टीमा भित्र्याएर उम्मेदवार बनाएको हो । इलाम-२ मा वैशाख १५ गते प्रतिनिधिसभाको उपनिर्वाचन हुँदैछ ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.