• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ४. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ५. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ६. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ९. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • १०. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

सकियो जनजाति साँस्कृतिक महोत्सव : निजी तथा सरकारी क्षेत्रलाई सहयोग पुगेको दाबी

  •   बिहिबार, चैत २२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    नारायणगढ । प्रथम आदिवासी जनजाति साँस्कृतिक तथा व्यापारिक महोत्सव बुधबार सकिएको छ। चैत ९ देखि १८ गतेसम्म चलेको महोत्सवको बागमती प्रदेशसभा सदस्य ईश्वर सापकोटा ‘सुमन’को उपस्थितिमा समापन भएको हो। नारायणी नदी किनारमा भएको महोत्सवको समापन समारोहमा बोल्दै सांसद सापकोटाले चितवनका आदिवासी जनजाति समुदायले पहिलोपटक महोत्सव आयोजना गरे पनि उत्कृष्ट महोत्सव भएको प्रतिकृया दिए।

    एकै ठाउँमा आदिवासी जनजातिको घर निर्माण गरेर ‘मिनी चितवन’को परिचय दिन सफल भएको भन्दै यस्ता खाले मेला महोत्सव जोकसैका लागि पनि अध्ययन अनुसन्धान गर्ने केन्द्र नै बनेको उनले बताए। यस्ता महोत्सवले आगामी दिनमा पनि निरन्तरता पाउनुपर्ने धारणा राखे। त्यसका लागि तीनै तहका सरकारले विशेष तरिकाले हेर्नुपर्ने उनको भनाइ छ। उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष राजेन्द्र ओलीले आदिवासी जनजाति महासंघले यसपटक निजी क्षेत्रलाई सहयोग पुग्ने खालको कार्यक्रम गरेर सुस्ताएको बजार र अर्थतन्त्रलाई मानि उकास्ने काम गरेको बताए।

    आर्थिक संकटकै कारण चलायमान हुन नसकेको निजी क्षेत्रलाई थोरै भए पनि यो महोत्सवले माथि उठाउने प्रयास गरेको उनको भनाइ छ। त्यसकारण चितवनमा जुनकुनै संघसंस्थाले आयोजना गरे पनि महोत्सव भइरहनु निजी र सरकारी दुवै क्षेत्रलाई फाइदाको विषय भएको उनले बताए। निजी क्षेत्रको व्यापार व्यवसाय बढाउँदै जाँदा त्यसबाट आर्जन हुने राजस्वले सरकारी क्षेत्रलाई समेत सहयोग पुग्ने र त्यही राजस्व जनताको घरदैलोमा विकासको नाममा आइपुग्ने हुँदा देशको अर्थतन्त्रको लागि मेला महोत्सवको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ छ।

    नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) चितवनका सल्लाहकार संयोजक पदमबहादुर गुरूङले लामो समयको संघर्षपछि महोत्सव आयोजना गर्न सफल भएको बताए। यसले देशभरका आदिवासी जनजाति समुदायको आवाजलाई अन्तर्राष्टियकरण गराउनमा धेरथोर भूमिका खेलेको उनको भनाइ छ। नेफिन चितवनका अध्यक्ष एवम् महोत्सव मूल समारोह समितिका संयोजक महेन्द्र दुराले सबैको साथ, सहयोग र समर्थनले महोत्सव सफल भएको दाबी गरे।

    महोत्सवबाट आयोजक, व्यवसायी, समुदाय सबै सन्तुष्ट रहेको उनले बताए। सबैको साथ र सहयोगबाटै संस्था बलियो हुने बताउँदै उनले भने, ‘आगामी दिनमा पनि हामी यो महोत्सवलाई निरन्तरता दिँदै जाने छौँ। यहाँहरू सबैबाट यस्तै साथ र सहयोगको अपेक्षा गरेका छौँ।’ समापनको दिनमा महोत्सव सफल पार्न विभिन्न तहबाट भूमिका निर्वाह गर्ने व्यक्ति तथा संस्था, कलाकार, उपसमितिलगायतलाई मायाको चिनोसमेत वितरण गरेको थियो।

    महोत्सवको आर्थिक उपसमिति संयोजक पवन गुरुङले स्वागत मन्तव्य राखेको समापन कार्यक्रममा व्यवस्थापकको तर्फबाट नारायणी फेयर एक्जीविसन नेपालका सञ्चालक विकल क्षेत्री तथा विभिन्न जातजातिको जातीय संस्थाका प्रतिनिधिहरुले पनि मन्तव्य राखेका थिए। सुरूमा चैत ९ देखि १८ गतेसम्मको लागि महोत्सव आयोजना गरे पनि पछि तीन दिन थप गरेर २१ गतेसम्म महोत्सव सञ्चालन भएको थियो।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ४.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ५.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.