काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ४ हजार ३९२ जनामा संक्रमण देखिएको हो । योसँगै कुल संक्रमितको संख्या एक लाख २६ हजार १३७ पुगेको छ । संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ३ हजार ५२२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ८८ हजार ८० जना उपचारपछि डिस्चार्ज भएका छन् ।








