• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

चतराधाममा एकमहिने महाकुम्भ मेलाको तयारी पूरा

  •   शुक्रबार, चैत २३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    सुन्दरहरैँचा । सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित प्राचीन हरिद्वार चतराधाम कुम्भनगरीमा आयोजना हुने लागेको बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको तयारी पूरा भएको छ ।

    धार्मिकस्थल चतराधाममा यही चैत २७ देखि आगामी वैशाख २८ गतेसम्म सञ्चालन हुने सो महाकुम्भ मेलामा ३० लाखभन्दा बढी भक्तजनको सहभागिता रहने अनुमान गरिएकाले उनीहरुको व्यवस्थापन र सुरक्षाको राम्रो प्रबन्ध गरिएको छ मेला मूल आयोजक समितिले जनाएको छ ।

    धार्मिक परम्परा तथा तीर्थाटनका हिसाबले महत्वपूर्ण रहेको सो महाकुम्भ मेलामा धेरैजसो नेपाल र भारतका भक्तजन सहभागी हुने भएका छन् । आध्यात्मिक हिसाबले अत्यन्त महत्वपूर्ण मानिएको सुनसरी बराहक्षेत्रको प्राचीन हरिद्वारा चतराधाममा हरेक १२ वर्षमा एकमहिने पूर्णमहाकुम्भ मेला लाग्ने गरेको छ ।

    पहिले भारतमा यो कुम्भमेला लाग्दै आएकामा नेपालका प्रथम जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यको पहल र परिकल्पनामा विसं २०५९ देखि नेपालमै यो सुरु भएको हो । पुराणमा उल्लेख भएअनुसारको स्थान चतराधाममा हरेक १२ वर्षमा यो महाकुम्भ मेलाको आयोजना हुने गरेको छ ।

    जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले कुम्भ मेलाबाट नेपाल र नेपालीबीचको एकता तथा धार्मिक सद्भावको विकास एवं अभिवृद्धि हुने हुँदा देश–विदेशबाट कुम्भमेलाको दर्शनका लागि चतरा आउने भएकाले पनि यसको महत्व बढ्दै गएको उल्लेख गर्नुभयो । हिन्दू वैदिक सनातन धर्ममा अति पवित्र र पुण्यभूमिका रुपमा उल्लेख भएको यस चतराधाममा आयोजित यस महाकुम्भमा सहभागी भएर अधिक पुण्य कमाउन स्वदेश तथा विदेशका सबै नागरिकलाई उहाँले आह्वान पनि गर्नुभयो ।

    कुम्भमेलामा कोटिहोम, वेद पुराण पाठपरायण, आफ्ना इष्टदेवताहरुको पूजन तथा यजन गर्ने, निराहार बसी ब्रत गर्ने र महाकुम्भवमा स्नान गर्ने आदि गरिन्छ । यस महान अनुष्ठान एवं मेलामा स्वदेश तथा विदेशका जगद्गुरु, शङ्कराचार्य, धर्माचार्यको सहभागिता र उहाँहरुको प्रवचन, भजनकीर्तन, शास्त्रार्थ सम्मेलनलगायत महास्नान हुने गर्दछ ।

    बाह्रकुम्भमध्ये नेपाललगायत भारतका प्रयाग, नासिक, उज्जैन र हरिद्वारमा कुम्भमेला लाग्ने गर्दछ । यसले हाम्रो देशमा छायाँमा पर्दै गएको धर्म, संस्कार र संस्कृतिको पुनःउत्थान गरेको छ भन्नुहुन्छ जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य ।

    अघि समुद्र मन्थनजस्तो साहै कठिन कार्य शुभारम्भ भयो, त्यसबेला अमृतको सट्टा हलाहल विष निस्कियो । त्यस्तो बिघ्न बाधा आउँदा पनि त्यसबाट पछि नहटी डटिरहँदा कार्य सफल भई अमृतको घडा उत्पत्ति भएपछि त्यही अमृत सही व्यक्ति र क्षेत्रमा सर्वप्रथम स्थापित भएको आधारमा चताराधाममा महाकुम्भ महोत्सवको आयोजना गर्ने गरिएकाले यसको धेरै ठूलो धार्मिक एवं शास्त्रीय विधि र मान्यता रहेको जगद्गुरु देवाचार्य बताउनुहुन्छ ।

    नेपालको वैदिक सनातन धर्मको संरक्षण र सम्वद्र्धनका साथै नेपाल र नेपालीको छुट्टै पहिचान कायम गर्न र नेपालका पवित्र तीर्थस्थलहरुको थप प्रचारप्रसार गरी तिनको उजागर गर्न यस महाकुम्भ मेलाको ठूलो महत्व रहेको उहाँको भनाई छ । त्यसैले १२ बर्षमा मात्र आयोजना हुने यस महान अभियान तथा अनुष्ठनमा सहभागी भई पुण्य कमाउन उहाँले सबैसँग आग्रह गर्नुभयो ।

    यहाँ प्रत्येक छ वर्षमा कुम्भमेला र १२ वर्षमा पूर्णमहाकुम्भ मेला लाग्ने गरेको छ । नेपालमा प्रथम पिण्डेश्वर कुम्भमेला महोत्सवका रूपमा जगदगुरु देवाचार्यको परिकल्पना र सक्रियतामा २०५९ साल चैत ६ गतेदेखि एक महिनासम्म सञ्चालन भएको थियो । त्यसयता चताराधाममा प्रत्येक छ बर्षमा कुम्भ मेला र १२ वर्षमा महाकुम्भ मेलाको आयोजना हुने गरेको छ ।

    यस मेलालाई भव्यताका साथ सम्पन्न गर्न बराहक्षेत्र नगरपालिका सक्रिय रहेको छ । यस धार्मिक मेलाका हरेक क्रियाकलापमा बराहक्षेत्र नपा गम्भीरतापूर्वक लागेको बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्कीले जानकारी दिनुभयो ।

    मेलाका लागि सरसफाइ, पन्डालको निर्माण, प्रचारप्रसार, विद्युत् तथा सञ्चार सुविधा, शान्तिसुरक्षा तथा विपद् जोखिम न्यूनीकरण तयारीहरु भएका उहाँले जानकारी दिनुभयो । मेला अवधिभर चतरामा मदिरा तथा मासुजन्य पदार्थको बिक्रीवितरण निषेध गरिएको पनि नगरप्रमुख कार्कीले जानकारी दिनुभयो ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.