• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

  • १०. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

प्रहरी वरिष्ठ नायब निरीक्षक भण्डारीको उपन्यास ‘दृष्टिपथ’ विमोचन

  •   शनिबार, चैत २४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ  । प्रहरी वरिष्ठ नायब निरीक्षक एवं उपन्यासकार गोपीराम भण्डारीको उपन्यास ‘दृष्टिपथ’ विमोचन गरिएको छ । मुक्तिनाथ दर्शन साहित्य समाजले आज यहाँ आयोजना गरेको कार्यक्रममा उपन्यासकार भण्डारीद्वारा लिखित उपन्यास ‘दृष्टिपथ’को विमोचन गरिएको हो । उक्त कृतिको नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)द्वय टेकप्रसाद राई, टेकबहादुर तामाङ, मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्रा डा खगेन्द्रप्रसाद लुइँटेल, नेपाल सरकारका पूर्वसचिव एवं समालोचक गोपीनाथ मैनालीलगायतले विमोचन गर्नुभयो ।

    कार्यक्रममा एआइजी राईले समाज रुपान्तरणमा नागरिक र प्रहरीबीचको सहकार्य महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले प्रहरीको व्यस्त सेवामा रहेर पनि आफ्नो साहित्यिक अभियानलाई अगाडि बढाएको भन्दै लेखकप्रति शुभकामना दिनुभयो । सामाजिक कामसँगै साहित्य कृति प्रकाशन गर्नु सराहनीय कार्य भएको उहाँको भनाइ थियो । उहाँले प्रतिभावान कर्मचारीलाई अगाडि बढाउन नेपाल प्रहरीले काम गरिरहेको उल्लेख गर्नुभयो । एआइजी राईले नेपाल प्रहरीले आफ्नो पत्रिकामार्फत साहित्यिक कृतिलाई अगाडि बढाउँदै लगेको स्पष्ट पार्नुभयो ।

    मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्रा डा लुइँटेलले उपन्यास सानो भए पनि उक्त उपन्यासभित्र धेरै विषयवस्तु भएको बताउनुभयो । “युगीन विकृति, विसङ्गतिको यथार्थ चित्रण गरेको उक्त उपन्यास सामाजिक उपन्यास हो”, उहाँले भन्नुभयो । सरल भाषाशैलीमा लेखिएको उक्त कृति पछिल्लो समयको उत्कृष्ट कृति भएको उहाँको भनाइ छ । नेपाल सरकारका पूर्वसचिव एवं वरिष्ठ समालोचक मैनालीले उपन्यासले नेपाली जीवनशैली, ग्रामीण परिवेशलाई उजागर गरेको बताउनुभयो ।

    उहाँले उपन्यासभित्र भाषाशैली केही नमिले पनि उक्त कृति पठनीय रहेको उल्लेख गर्नुभयो । समालोचक मैनालीले उपन्यासलाई चलचित्र बनाउन सकिने बताउनुभयो । वरिष्ठ समालोचक एवं लघु कथाकार युवराज मैनालीले ‘दृष्टिपथ’ सामाजिक रुपान्तरणका लागि लेखिएको उपन्यास भएको बताउनुभयो । उहाँले लेखकमा साहित्यप्रति अथाह भविष्य रहेको उल्लेख गर्नुभयो ।

    मुक्तिनाथ दर्शन साहित्य समाज नेपालका अध्यक्ष कलानिधि दाहाल, समाजका संरक्षकद्वय हरिभक्त सिग्देल र प्रा डा अर्जुनदेव भट्ट, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) भीमप्रसाद ढकाल, वरिष्ठ पत्रकार विजय चालिसे, साझा प्रकाशनका महाप्रबन्धक भेषराज घिमिरे, सुरभी साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेललगायतले लेखक भण्डारीको कृतिले नेपाली साहित्यमा थप इँटा थपिएको बताउँदै आगामी दिनमा नयाँ कृति लेख्न आग्रह गर्नुभएको थियो ।

    उपन्यासका लेखक एवं प्रहरी वरिष्ठ नायब निरीक्षक भण्डारीले स्कुल पढ्दादेखि नै आफूलाई साहित्य क्षेत्रमा रुचि जागेकाले साहित्य क्षेत्रलाई अगाडि बढाएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि नेपाली साहित्य क्षेत्रलाई अगाडि बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.