काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले राष्ट्रिय फुटबल टिमको प्रशिक्षण सुरु गर्न अनुमति दिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को निरन्तरको आग्रहपछि राखेपले राष्ट्रिय टिमको प्रशिक्षण अघि बढाउन अनुमति दिएको हो । एन्फाले बंगलादेशसँग अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि राखेपसँग प्रशिक्षणको अनुमति माग गरेको थियो । मैत्रीपूर्ण खेलका लागि अभ्यासको अनुमति माग गर्दै एन्फाले राखेपसँग निरन्तर आग्रह गर्दै आएको थियो । राखेप सदस्य सचिव रमेशकुमार सिलवालले एन्फालाई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलका लागि प्रशिक्षणको अनुमति दिएपछि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल पनि खेल्ने तय भएको छ । नेपालले तिहारपछि बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ । बंगलादेशको प्रस्तावमा एन्फाले राष्ट्रिय टिमलाई बाहिर पठाउने तयारी गरेको हो । बंगलादेश सहित दर्जन राष्ट्रले अभ्यास खेलका लागि नेपाललाई प्रस्ताव राखेका छन् । तर कोरोना माहामारीका कारण गत चैतबाट घरेलु फुटबल ठप्प छ ।








