• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

अस्पताल भवन निर्माण अलपत्र छाडेर निर्माण व्यवसायी सम्पर्कविहीन

  •   बिहिबार, चैत २९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    भोजपुर । टेम्केमैयुङ–७ कोटमा निर्माणाधीन अस्पताल भवन काम अलपत्र छाडेर निर्माण व्यवसायी भागेपछि स्थानीय आक्रोशित भएका छन् । यहाँ विसं २०७८ देखि दुई वर्षभित्र सम्पन्न गर्नेगरी १५ श्ययाको अस्पताल निर्माण थालिएको थियो । तर निर्माण व्यवसायीले मैदान सम्याएर, कम्पाउण्ड र रिटेनिङ वालमात्र लगाएर सम्पर्कविहीन भएपछि स्थानीय आक्रोशित भएका हुन् । खेती गरिरहेको जग्गा अस्पताल निर्माणका लागि दिएका स्थानीयले काम अलपत्र बनेपछि निर्माण व्यवसाय लाई कारबाहीको माग गरेका छन् ।

    काममा लापरबाही गर्ने निर्माण व्यवसायीलाई कानुनी दायरामा ल्याएर कारबाही गर्नुपर्ने स्थानीयवासी भवानी नेपालले बताउनुभयो । “हामीले अस्पताल निर्माणका लागि कमाइरहेको खेतबारी दिएका थियौँ”, उहाँले भन्नुभयो, “अहिले काम अलपत्र छाडेको छ । यहाँ अस्पताल निर्माण भएपश्चात् सहजता होला भनेर कुनै प्रवाह नगरी सहयोग गरेका हौँ । तर अहिले निर्माण व्यवसायी सम्पर्कविहीन छ । सरकारले निर्माण व्यवसायीलाई कारबाहीको दायरामा ल्याएर काम सञ्चालन गर्न माग गर्दछौँ ।”

    यहाँ देशविदेशमा रहेका कोटवासी तथा स्थानीयसँग समन्वय गरेर साढे १३ रोपनी जग्गा व्यवस्थापन गरेर अस्पताल निर्माणको काम सुरु भएको स्थानीयवासी योगेन्द्र कटुवालले बताउनुभयो । स्थानीयसँग रकम सङ्कलन गरेर जग्गा खरिद गरिएको उहाँको भनाइ छ । “अस्पताल निर्माण हुन्छ, सुविधा पाइन्छ भनेर देशविदेशमा रहेका तथा स्थानीयसँग हारगुहार गरेर जग्गा खोज्यौँ”, उहाँले भन्नुभयो, “अहिले खेती गरिरहेको जग्गा बाँझिएको छ । निर्माण व्यवसायीले निर्माणस्थलमा रहेका सामग्री उठाएर लग्यो ।

    काम अलपत्र छ । यहाँ जसरी पनि अस्पताल निर्माण हुनुपर्छ ।” निर्माण कम्पनीलाई आवश्यक साथ सहयोग गर्दा पनि स्थानीयवासीलाई झुक्याएर सम्पर्कविहीन बनेको वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताउनुभयो । निर्माण व्यवसायीका कारण सहयोग गर्ने देशविदेशमा रहेका कोटवासीलाई काम अपलत्र भएका विषयमा जानकारी दिन नसक्ने अवस्था रहेको वडाध्यक्ष नेपालको भनाइ छ । “यहाँ अस्पताल निर्माण हुने भएपछि हामी कोटवासी हर्षित थियौँ”, वडाध्यक्ष नेपालले भन्नुभयो, “स्थानीय तहकोतर्फबाट हामीले आवश्यक साथ सहयोग दिएका छौँ । निर्माण व्यवसायीले कोटवासीको विश्वासमा घात गरेको अवस्था छ । कामलाई सञ्चालन गराउन सबैले भूमिका खेल्न आवश्यक छ ।”

    अस्पताल सम्झौताअनुसार २०८० सालको असार महिनामा सम्पन्न गर्नेगरी भूमि हिमालयन जेभीले निर्माणको जिम्मा लिएको थियो । सम्झौता अवधि सकिँदा करिब १० प्रतिशत काम गरेर निर्माण व्यवसायी विवश कार्की सम्पर्कविहीन बनेको गाउँपालिकाले जनाएको छ । काममा लापरबाही गर्ने निर्माण व्यवसायीलाई कानुनी दायरामा ल्याएर आवश्यक प्रक्रिया अघि बढाउने टेम्केमैयुङ गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । “गाउँपालिकाकोतर्फबाट अस्पताललाई गुणस्तरीय ढङ्गले समयमा सम्पन्न गराउन भूमिका खेलिरहेका छौँ”, उपाध्यक्ष राईले भन्नुभयो, “कार्यपालिकाबाट निर्णय गरेर कामलाई चाँडो गर्न पत्रचार गरेका छौँ । तर अहिले निर्माण व्यवसायी सम्पर्कविहीन रहेको अवस्था छ ।

    आवश्यक प्रक्रिया पु¥याएर कानुनी प्रक्रियाअनुसार कारबाही गर्ने तयारी गरिरहेका छौँ ।” अस्पताल भवन समयमा सम्पन्न गराउन पहल गरेको भए पनि निर्माण व्यवसायी म्याद थप गर्नसमेत नआएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । पछिल्लो समयमा आएर निर्माण व्यवसायी सम्पर्कविहीन बनेको उहाँको भनाइ छ । गाउँपालिकाले आवश्यक सहयोग गर्दा पनि निर्माण व्यवसायीले काम अलपत्र पारेको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । “निर्माण व्यवसायीले अस्पताल निर्माणको काममा चासो नदिएको अवस्था छ”, अध्यक्ष बस्नेतले भन्नुभयो, “गत असारमा म्याद सकिएको छ । हामीले म्याद थपका लागि पत्रचार गर्दा गरेका छौँ ।

    अहिले सम्पर्कविहीन बनेको अवस्था छ । यो अस्पतालका विषयमा हामी गम्भीर भएर लागेका छौँ ।” अस्पताल निर्माणको जिम्मा लिएका निर्माण व्यवसायी विवश कार्कीका विषयमा जिल्ला प्रहरी कार्यालयमा ठगी तथा चेक बाउन्सको उजुरी परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख सुदीपराज पाठकले जानकारी दिनुभयो । अस्पताल निर्माणको कूल लागत भ्याटबाहेक रु १० करोड १३ लाख ८३ हजार रहेको छ । हालसम्म निर्माण कम्पनीले रु ९१ लाख भुक्तानी लगेको गाउँपालिकाले जनाएको छ । यहाँ अस्पताल बनेपछि टेम्केमैयुङको वडा नं ६,७, ५ ८ र ९ का स्थानीय लाभान्वित हुनेछन् ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.