• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

धार्मिक पर्यटनसँग जोडिदै जैमिनी धामको ऐतिहासिकता

  •   आइतबार, बैशाख ०२, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गण्डकी । नेपालको नक्सासँग मिल्दोजुल्दो बागलुङ जिल्लाको दक्षिण भेगमा पर्ने जैमिनी नगरपालिका–१ स्थित जैमिनीधाम यहाँको महत्त्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य हो । प्राचीनकालमा जैमिनी ऋषिले तपस्या गरेको तपोभूमिका रूपमा चासो र चर्चा पाएको यही ठाउँकै कारण पालिकाको नाम पनि जैमिनी राखिएको हो । वेदव्यास पुत्र जैमिनी ऋषिले योग साधना र तपस्या गरेको यस स्थलको धार्मिक पर्यटकीय महत्वलाई उजागर गर्र्ने विषयलाई नगरपालिकाले प्राथमिकतामा राखेको नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताउनुुभयो ।

    जैमिनी ऋषिको तपोस्थल भएका कारण यसको विशिष्ट धार्मिक महत्व रहेको उल्लेख गर्दै उहाँले यससँगै नगरभित्रका धार्मिक पर्यटकीयस्थलको प्रवर्द्धन र विकासलाई जोड दिइएको बताउनुुभयो । साविकका कुश्मीसेरा, दमेक, सर्कुवा, विनामारे, अर्जेवा, जैदी, छिस्ती, पैञ्युथन्थाप र राङखानी गाउँ विकास समितिलाई समेटेर नगरपालिका बनेको जैमिनी कुल १० वटा वडामा विभाजित छ । जाति तथा भाषागत रूपमा विविधता रहेको यहाँ बाहुन, क्षेत्री, सार्की, दमाई, कामी, नेवार, मगर, ठकुरी, मुसलमान, गुरुङ, चेपाङ, बोटेलगायत बसोबास गर्दछन् ।

    क्षेत्री, मगर आदि जातिको बाहुल्यता रहेको यहाँ बोलचालको भाषा नेपालीसहित विभिन्न जातजातिले मातृभाषाको पनि प्रयोग गरेको पाइन्छ । जैमिनी धामको प्राचीन महत्व रहेर पनि त्यसलाई उजागर गर्न नसकिएको वास्तविकतामा नगरपालिकाले पर्यटनसम्बद्ध सङ्घसंस्थासँगको सहकार्यमा यसको प्रवर्द्धन र विकास गर्न खोजेको उपाध्यक्ष शर्माले बताउनुुभयो । “हामी जैमिनी धामसँगै नगरपालिका क्षेत्रभित्रका धार्मिक पर्यटकीय गन्तव्यलाई संरक्षण एवं प्रवर्द्धन गरी पर्यटकीयस्थलका रूपमा विकास गर्न विभिन्न निकायसँग समन्वय गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “धेरै सम्भावनायुक्त यहाँका धार्मिक पर्यटकीय गन्तव्य प्रवर्द्धनको अभावमा पछि परिरहेका छन् ।”

    जैमिनी नगरभित्र जैमिनी धामसँगै थन्थापीमाई मन्दिर, गाजाको दह क्षेत्र, पुरानो गाउँ क्षेत्र, हात्तीढुङ्गा, पुतलीगरा छिस्ती, कमलजैसी मन्दिर, शिवपुरी, राधाकृष्ण मन्दिर, शालिग्राम संरक्षित क्षेत्र गाईथुने, देविमन्दिर चोखेक, सतिमन्दिर जैदी, रिठेडाँडा, कोट, मर्नास टापु, नागढुङ्गा र जनै मन्तर्नी पोखरी, आस्थाका प्रसिद्ध धरोहर एवं कालापातल राङखानी, खानी निर्मित सुरुङ, ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलगायतको संरक्षण र संवर्द्धनलाई नीति तथा कार्यक्रममा समेटेर संरक्षण र विकासको प्रयास गरिएको नगरपालिकाले जनाएको छ ।

    प्राचीनकालदेखि नै जैमिनीधाममा प्रत्येक वर्षको माघ सङ्क्रन्तिमा परम्परागत मेला लाग्ने गरेकामा २०४८ सालपछि भने मेलालाई माथि कुश्मिशेरा बजारमा गरिँदै आइएको स्थानीय बताउँछन् । माघेसङ्क्रान्ति एवं बाला चतुर्दशीमा टाढाटाढाबाट कालीगण्डकी स्नानका साथै सद्बीज छर्न भक्तजन आउने गरेका छन् । धाममा रहेका शङ्खे शिला, शिव मन्दिरले यहाँको धार्मिक महत्वलाई अझै उजागर गरेको वडाध्यक्ष गोपाल पौडेलले बताउनुुभयो । फुक्दा शङ्खजस्तै बज्ने ठूलो शिलालाई स्थानीयले प्राचीनकालदेखि नै शङ्खे शिलाका रुपमा लिँदै आएका उहाँको भनाइ छ ।

    विसं १८५२ को शिलालेख, विसं १९९० मा स्थापित जैमिनिश्वर महादेव मन्दिरलगायत प्राचिन संरचनाले यहाँको ऐतिहासिक एवं धार्मिक महत्वलाई उजागर गरेको उहाँले बताउनुभयो । नगरपालिकाभित्रकै दुई हजार चार सय मिटर उचाइमा रहेको गाजाको दह यहाँको अर्का महत्त्वपूर्ण गन्तव्य रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर भुजेलले बताउनुुभयो । उक्त दहमा प्रत्येक वर्षको ठूलो एकादशीमा मेला लाग्ने र तोरण टाँग्ने प्रचलन रहेको छ ।

    त्यस्तै दुई हजार एक सय ९५ मिटर उचाइको हाडीकोट शिर यहाँको सूर्योदय हेर्ने अर्को धार्मिक पर्यटकीय गन्तव्य भएको भुजेलको भनाइ छ । नगर क्षेत्रमा नै विसं १८६५ मा निर्मित माईको थान (थन्थाप भगवती मन्दिर), विसं १९५७ मा निर्मित ऐतिहासिक चौतारी तथा पोखरी, दुर्गा भगवती मन्दिरलगायत संरचनाको आआफ्नै धार्मिक एवं पर्यटकीय महत्व रहेको उहाँले बताउनुभयो । नगरपालिकाले यहाँको मौलिकताको जगेर्ना गर्ने उद्देश्यका साथ ऐतिहासिक पोखरीको संरक्षणसँगै चौतारा एवं वरपिपलको संरक्षणलाई पनि जोड दिँदै आएको उपप्रमुख शर्माले जानकारी गराउनुुभयो ।

    ऐतिहासिक धरोधरको संरक्षण र प्रवर्द्धनले यहाँको पर्यटकीय विकासलाई थप उजागर गर्ने उहाँको भनाइ छ । सांस्कृतिक मौलिकता जोगाउनका लागि यहाँका रत्यौली, लोकदोहोरी, सालैजो, सोरठी, मारुनी र घाटु आदिको संरक्षण र प्रवर्द्धनमा जोड दिइएको छ । प्राचीनकालदेखि चल्दै आएका जैमिनी मेला, माघेसङ्क्रान्ति मेला, गाजादह मेला, वैकुण्ठ चर्तुदर्शी मेला, ठूली एकादशी मेला, हाडीकोट मेला र पुरानो गाउँ मेला आदिलाई संरक्षणसँगै उचित व्यवस्थापन गरी निरन्तरता दिँदै आइएको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    चितवनमा दुई जातका अङ्गुरको परीक्षण
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.