• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ४. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ५. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ६. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ९. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

साल्पा सिलिचुङमा ‘सुम्निमा-पारुहाङ र नछुङ’को प्रतिमा स्थापना

  •   आइतबार, बैशाख ०९, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    खोटाङ । धार्मिक तथा पर्यटकीयस्थल साल्पा सिलिचुङमा किराती पूर्खा ‘सुम्निमा-पारुहाङ र नछुङ (धामी) को प्रतिमा स्थापना गरिएको छ । खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बुको सिमानामा रहेको सिचिलुङमा सुम्निमा र पारुहाङ तथा साल्पापोखरीमा नछुङको प्रतिमा स्थापना गरिएको हो ।

    किरात समुदायको सांस्कृतिकस्थल मानिने साल्पा सिलिचुङमा देश/विदेशबाट सङ्कलित रकमबाट सुम्निमा पारुहाङ र नछुङको प्रतिमा निर्माण गरिएको आयोजक साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तर्राष्ट्रिय समितिले जनाएको छ ।

    प्रतिमाको अनावरण निवर्तमान पर्यटनमन्त्री सुदन किरातीले गर्नुभएको हो । साल्पा सिलिचुङ किरातीको मुन्दुमी तथा सांस्कृतिकस्थल भएकाले संरक्षण र प्रवर्द्धन गर्न प्रतिमा स्थापना गरिएको समितिका अध्यक्ष राजेन खिम्बुले राईले बताउनुभयो ।

    “साल्पा र सिलिचुङ किरातीहरुको मुन्दुम तथा रिसियामा आउँछ । यसलाई संरक्षण र प्रवद्र्धन गर्दै विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने उद्देश्य राखिएको छ”, उहाँले भन्नुभयो, “किराती धामीले साल्पालाई नाग देवता बस्ने थलो र सिलिचुङलाइ किरातीहरुले सृष्टिसँग जोडिएको ठाउँको रुपमा विश्वास गर्छन् ।”

    प्रतिमा स्थापना कार्यक्रमका लागि यही वैशाख ५ गते सरोकारवाला साल्पा सिलिचुङ पुगेका थिए । मुन्दुम्विद् तथा धामी/झाँक्रीको टोलीले वैशाख ६ र ७ गते वृहत कार्यक्रम गरेर प्रतिमा स्थापना गरेका हुन् । साल्पा सिलिचुङको विकासका लागि तयार पारिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार साल्पा सिलिचुङ परिसरमा सुम्निमा-पारुहाङका साथै मुन्दुमी पात्रहरुको मूर्ति तथा प्रतिमा, वाबु (चिण्डो) आकारको मुन्दुमी गेट (प्रवेशद्वार), माङ्खिम तथा मुन्दुम सङ्ग्रहालय लगायतका भौतिक संरचना निर्माण गरिनेछ ।

    ‘सृष्टिको उत्पत्ति केन्द्र मुन्दुमको प्राण, साल्पा-सिलिचुङ संरक्षण हाम्रो अभियान’ भन्ने नाराका साथ सुरु गरिएको अभियानमा नेपालसहित बेलायत, हङकङ, कोरिया, अमेरिका, अस्ट्रेलिया, जापान, इजरायललगायत विश्वभर रहेका नेपाली जोडिएका छन् ।

    यसअघि साल्पा-सिलिचुङको अध्ययन तथा अनुसन्धानका लागि अनुसन्धान समितिसमेत गठन गरिएको थियो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्ताम्छाली, मुन्दुम अध्येताहरु चन्द्र हतुवाली, भोगिराज चाम्लिङ, सालिक शतासक राई र डा तारामणि राई उक्त अनुसन्धान समितिमा रहनुभएको छ ।

    सिलिचुङको चुचुरो समुद्री सतहदेखि चार हजार एक सय ५५ मिटर उचाइमा छ । सिलिचुङ आसपासमा टेम्के, मैयुङ, लौरे, चिलिमढुङ्गा लगायतका पर्यटकीय डाँडा छन् । सिलिचुङको फेदमा साल्पा पोखरी छ । साल्पामा वैैशाख, भदौ, कात्तिक र फागुपूर्णिमामा गरी वर्षमा चार पटक मेला लाग्ने गर्छ ।

    साल्पा पोखरीको दर्शन गर्नाले बोली नफुट्नेले बोल्न सक्ने, सन्तान नहुनेलाई सन्तान प्राप्ति हुने, धामी तथा झाँक्रिले मुन्दुमी शक्ति प्राप्त गर्ने विश्वास छ । कचौरा आकारमा फैलिएको साल्पापोखरी समुद्री सतहदेखि तीन हजार छ सय ७२ मिटरको उचाइमा छ । प्छिल्लो समय पदयात्राका लागि प्रसिद्ध गन्तव्य मुन्दुम पदमार्गमा साल्पा सिलिचुङसमेत समेटिएको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ४.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ५.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.