• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

साबिककै स्वरुपमा ल्याइँदै पुरैना ताल

  •   सोमबार, बैशाख १७, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सुदूरपश्चिम । मोहना नदीको बाढीले पुरिएपछि अतिक्रमणमा परेको कैलालीको भजनीस्थित पुरैना ताललाई साबिककै स्वरुपमा ल्याउने भएको छ । त्यसका लागि नक्साङ्कन र सीमाङ्कन भइसकेको छ । भजनी नगरपालिका–७ लालबोझी गाउँको पाँच सय ६३ बिघा क्षेत्रफलमा फैलिएको यो ताल वरिपरि १० फिट चौडा र पाँच फिट अग्लो पर्खाल (ड्याम) निर्माण गरेर साबिककै स्वरुपमा ल्याउन लागिएको हो । डिभिजन वन कार्यालय पहलमानपुरको पहलमा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, सशस्त्र वनरक्षकलगायतका संयुक्त टोलीले जेसिभी र स्काभेटर प्रयोग गरी ताललाई पुरानै स्वरुपमा ल्याउन लागिएको हो ।

    दुई दिनदेखि आठवटा स्काभेटर र जेसिभी प्रयोग गरी निरन्तर काम भइरहेको छ । ताल नजिकै रहेको मोहना नदीमा बर्खायाममा बर्सेनि आउने बाढीसँगैको बगेको माटो र बालुवाले ताल पुरिएपछि स्थानीयवासीले अतिक्रमण गरी खेती गर्दै आएका थिए । पुरिएर अतिक्रमणमा परेको ताललाई साबिककै स्वरुपमा फर्काउने कामको स्थलगत अनुगमन निरीक्षण पश्चात प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रले तालको नक्साङ्कन र रेखाङ्कनको काम पूरा भई ताललाई साबिककै स्वरुपमा ल्याउन लागिएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “ताललाई साबिककै स्वरुपमा ल्याएर संरक्षण गर्न वन डिभिजन कार्यालयलाई निर्देशन दिइएको छ, नगर प्रमुखलाई यो काममा सहयोग गर्न आग्रह गरेका छौँ ।” सरकारले सरकारी, सार्वजनिक जग्गा अतिक्रमण हटाउन गरेको परिपत्रबमोजिम यो तालको अतिक्रमण हटाई संरक्षण गर्न लागिएको हो । तालको अतिक्रमण हटाउन सामुदायिक वन समन्वय समिति, नापी कार्यालय, जिल्ला प्रशासन कार्यालयलगायत निकायबीच समन्वय भएको थियो । डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख रामविचारी ठाकुरले यो ताल क्षेत्र वसन्ता जैविक मार्गसँग जोडिएकाले जैविक विविधताका दृष्टिमा महत्वपूर्ण रहेको बताउनुभयो । पहिले यो तालक्षेत्र जलचर र विभिन्न प्रजातिका आगन्तुक तथा रैथाने चराको बासस्थानका रुपमा रहेको स्थानीयको भनाइ छ ।

    यो ताल क्षेत्र सीमापारि भारतको दुदुवा राष्ट्रिय निकुञ्जसँग जोडिएकाले वन्यजन्तु ओहोरदोहोर गर्ने ‘करिडर’का रुपमा लिइन्छ । तालको अतिक्रमण हटाइ पुरानै स्वरुपमा फर्काउन सकिएमा जैविक विविधताको संरक्षणमा टेवा पुग्ने र पर्या-पर्यटनको विकास हुने भजनी नगरपालिकाका प्रमुख केवल चौधरीको भनाइ छ । वडा नं ७ का अध्यक्ष अमरबहादुर कठरियाका अनुसार विसं २०६४ र त्यसपछि पटक-पटक मोहना नदीमा आएको ठूलो बाढी तालमा पसेपछि पूरै ताल पुरिएको हो । “ताल पुरिएर स्थानीयले खेती लगाउन सुरु गरेपछि यहाँ तालको पुरानो स्वरुप देखिँदैन,” उहाँले भन्नुभयो, “ताल पुरिँदै गएपछि ताल छेउमा जग्गा हुनेले अतिक्रमण बढाउँदै लगेपछि पूरै ताल खेतमा परिणत हुन पुगेको हो ।”

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.