• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

टाढाका विद्यार्थीलाई आवासीय सुविधा 

  •   बिहिबार, बैशाख २०, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बागलुङ । बागलुङ नगरपालिकाले नयाँ शैक्षिकसत्र सुरु भएसँगै विद्यार्थी कम भएका विद्यालयको तह मिलान गरेको छ । नगरपालिकाले यस वर्ष ३५ विद्यालयको तह मिलान तथा स्थगन गरेको हो । पछिल्लो समय गाउँका विद्यालयमा विद्यार्थीको सङ्ख्या निकै कम छ । यस शैक्षिकसत्रमा ३३ विद्यालयको तह मिलान र दुई विद्यालय स्थगन गरेको हो । तह मिलान तथा स्थगनपछि समस्यामा परेका विद्यार्थीलाई लक्षित गरी यसै वर्षदेखि तीन विद्यालयलाई आवासीय बनाइने भएको छ ।

    देशैभरमा सबैभन्दा बढी विद्यालय हुने नगरपालिकाकारूरुपमा रहेको बागलुङ नगरपालिकाले अघिल्लो वर्ष वडा नं १२ स्थित कालीगण्डकी प्राथमिक विद्यालय र वडा नं १३ स्थित लक्ष्मीनारायण पाठशाला स्थगन भएका थिए । यस वर्ष वडा नं ९ स्थित रानीभूमे प्राथमिक विद्यालय र सोही वडाको सरस्वती प्राथमिक विद्यालयलाई स्थगन गरिएको हो । स्थगनपछि विद्यालय टाढा पर्ने विद्यार्थीका लागि आवासीय सुविधा दिनेगरी काम अगाडि बढाइएको नगर उपप्रमुख राजु खड्काले जानकारी दिनुभयो ।

    पहिलो चरणमा भौगोलिक, सामाजिक, आर्थिक कारणले विद्यालयको पहुँचमा पुग्न समस्या भएका बालबालिकाका लागि आवासीय सुविधा दिने उहाँको भनाइ छ । नगर उपप्रमुख खड्काका अनुसार बागलुङ–७ स्थित विश्वकर्मा माध्यमिक विद्यालय, वडा नं ११ को महाविद्याजन माध्यमिक विद्यालय रायडाँडा र वडा नं १२ को पृथ्वीहिणन्य माध्यमिक विद्यालयलाई आवासीय रूपमा सञ्चालन गरिने छ । विद्यालयमा विद्यार्थी सङ्ख्या थोरै हुँदा शिक्षण क्रियाकलाप प्रभावकारी नहुने र बढी खर्च हुने हुँदा विद्यालयको तह मिलान तथा स्थगन गरेको उहाँको भनाइ छ । तह मिलानपछि शैक्षिक गुणस्तरसमेत वृद्धि हुने उपप्रमुख खड्का बताउनुहुन्छ ।

    “नगरपालिकामा झण्डै सयको हाराहारीमा विद्यालय छन्, ती विद्यालयमा विद्यार्थी निकै कम भएको हुँदा यस वर्ष हामीहरूले धेरै विद्यालयको तह मिलान गरेका छौँ, पोहोर र यस वर्ष गरी चार विद्यालय स्थगन नै गरिसकेका छौँ”, उहाँले भन्नुभयो, “सुरुआती चरणमा तीन विद्यालयमा आवासीय सुविधा दिनेगरी सञ्चालनको तयारी छ, पछि आवश्यकताका आधारमा अन्य विद्यालयमा पनि आवासीय सुविधा थप्ने योजना छ ।” शिक्षा अनुगमन समितिले नगरपालिकाभित्रका ४८ विद्यालय अध्ययन गरी आवश्यकता र समस्याको पहिचान गरी विद्यालयको स्थगन तथा तह मिलान गरिएको नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

    तह मिलनपछि अब बाल विकास केन्द्र सञ्चालन हुने विद्यालयको सङ्ख्या आठ, बाल विकास केन्द्र र कक्षा १ मात्र सञ्चालन हुने विद्यालयको सङ्ख्या ११, कक्षा १ मात्र सञ्चालन हुने विद्यालय एक, कक्षा १ देखि ३ सम्म सञ्चालन हुने विद्यालय सङ्ख्या पाँच, कक्षा १ देखि ४ सम्म सञ्चालन हुने विद्यालय दुई र चार विद्यालयमा कक्षा १ देखि ६ सम्म सञ्चालन हुने तथा विद्यालय स्थगन र तह मिलानपछि शिक्षकहरूलाई सोही वडाभित्रका आवश्यक रहेका विद्यालयमा दरबन्दी मिलान गरी व्यवस्थापन गरिने उहाँको भनाइ छ ।

    शिक्षा अनुगमन समितिले तय गरेको मापदण्डअनुसार स्थगनपछि विद्यार्थी बढ्ने विद्यालयलाई व्यवस्थापनका लागि रु दुई लाख र प्रत्येक तह मिलान हुने विद्यालयलाई प्रतिकक्षा रु २५ हजारका दरले रकम उपलब्ध गराउने पोखरेलले बताउनुभयो । बालबालिकाका लागि नेपाल सरकारले दिएको रु १५ दिवा खाजामा नगरपालिकाले रु पाँच थप गरिदिने उहाँको भनाइ छ ।

    विद्यालय स्थगन र तह मिलानपछि नगरपालिकाले एक वडा एक आवासीय विद्यालय, पढ्दै कमाउँदै कार्यक्रमजस्ता व्यावसायिक र प्राविधिक स्कुल निर्माण गर्ने उद्देश्य राखेको र यस्ता खालका शिक्षामा लगानी गरेमा मात्रै शैक्षिक गुणस्तर वृद्विमा प्रभावकारी भूमिका खेल्ने उहाँ बताउनुहुन्छ । सो नगरपालिकामा ८२ सामुदायिक र २० संस्थागत विद्यालय सञ्चालनमा छन् । पालिकाभर १६ हजार विद्यार्थी अध्ययनरत रहेको नगरपालिकाले जनाएको छ ।

    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित
    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.