• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

लागुऔषध कारोबारीको सञ्जाल तोड्दै मकवानपुर प्रहरी

  •   शुक्रबार, बैशाख २८, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बागमती । पर्सा राष्ट्रिय निकुञ्ज हुँदै प्रतिबन्धित लागुऔषध गाँजा तस्करी गरिरहेका अवस्थामा वैशाख २४ गते मकवानपुर प्रहरीले तीन युवकलाई पक्राउ ग¥यो ।

    मनहरी गाउँपालिका-७ माइगङ्गा खोलाबाट लागुऔषध गाँजासहित मकवानपुरको कैलाश गाउँपालिका-३ निवासी २३ वर्षीय राजेन्द्र घिसिङ, सोही गाउँपालिका-४ निवासी २७ वर्षीय विवेक प्रजा र हेटौँडा उपमहानगरपालिका- १८ निवासी २२ वर्षीय उत्तम पाख्रिनलाई पक्राउ गरिएको हो । पर्सा राष्ट्रिय निकुञ्जको बाटो प्रयोग गरी लागुऔषध तस्करी गरिरहेको सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय मनहरीको टोलीले ३६ किलो गाँजासहित उनीहरुलाइ पक्राउ गरेको हो ।

    त्यसको दुई दिन नबित्दै वैशाख २६ गते हेटौँडा उपमहानगरपालिका-१० बसपार्कबाट गाँजासहित दुई युवक पक्राउ परे । पक्राउपर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका-१ सानोभाबर निवासी १९ वर्षीय विजय तामाङ र रौतहटको वृन्दावन नगरपालिका-१ निवासी ३५ वर्षीय धर्मेन्द्र ठाकुर छन् ।

    चितवनबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ट ख ३५५७ नम्बरको बस चेकजाँच गर्दा बसमा सवार दुवैको साथबाट पाँच किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

    गत वैशाख ४ गते पर्सा राष्ट्रिय निकुञ्जको मनहरी-४ माथिल्लो मसिनेबाट गाँजासहित प्रहरीले मकवानपुरको सात जनालाई पक्राउ गरेको थियो । एक क्विन्टल ३० किलो एक सय ५० ग्राम गाँजासहित पक्राउ परेका मकवानपुरको कैलाश गाउँपालिका-४ निवासी २८ वर्षीय बमबहादुर चेपाङ, २७ वर्षीय वीरमान प्रजा, २७ वर्षीय हरिकुमार प्रजा, राक्सिराङ गाउँपालिका-७ निवासी १९ वर्षीय टीकाराम प्रजा, मनहरी गाउँपालिका-५ निवासी ३६ वर्षीय दिपक थापामगर, मनहरी गाउँपालिका–३ निवासी ४४ वर्षीय रामहरि लुइँटेललाई प्रहरीले सार्वजनिक गरेको थियो । प्रहरीले मकवानपुरमा कडाइ गरेपछि दिनहुँ लागुऔषध सेवनकर्ता र कारोबारी पक्राउ पर्न थालेका छन् ।

    मकवानपुरमा गाँजा, चरेस, अफिम, ब्राउन सुगर जस्ता प्रतिबन्धित लागुऔषधको कारोबारमा संलग्न व्यक्ति पक्राउ पर्न थालेका हुन् । सीमावर्ती भारतीय बजारबाट लुकीछिपी ल्याइने ब्राउन सुगर र नेपालबाट भारततर्फ पैठारी हुने गाँजा ओसारपसारमा संलग्नलाई प्रहरीले दिनहुँजसो पक्राउ गरिरहेको छ ।

    सङ्गठित अपराध लागुऔषधविरुद्ध सक्रियता बढाएको मकवानपुर प्रहरीले पछिल्लो तीन बर्षमा ३७ हजार पाँच सय ९६ थान विभिन्न प्रकारका लागुऔषध ट्याब्लेट, ११ हजार चार सय छ किलो चार सय १३ ग्राम गाँजा, एक सय ३८ किलो नौ सय चार ग्राम चरेस, एक सय ६६ ग्राम पाँच सय ७३ मिलिग्राम खैरो हिरोइन र ३३ किलो ३२ ग्राम तीन सय मिलिग्राम अफिमसहित छ सय ३९ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । सो अवधिमा लागुऔषध कारोबारसम्बन्धी चार सय १३ वटा मुद्दा दर्ता गरिएको छ ।

    सीमावर्ती भारतीय बजार पुगेर लागुऔषध सेवन गर्ने र खरिद गरी ल्याउने युवाजमात बढ्दो छ । प्रहरीले सीमानाकामा ओहोरदोहोर गर्ने युवा जमातलाई लक्षित गरी जाँचलाई कडाई गरेसँगै अधिकांशको साथबाट लागुऔषध बरामद् हुने गरेको छ ।

    लागुऔषध सेवन र कारोबारी आरोपमा पक्राउपर्ने अधिकांश २० देखि ३० वर्ष उमेर समूहका छन् । पक्राउपर्ने युवाहरु अभिभावकको निगरानीमा नभएका युवा हुने गरेको हेटौँडा उपमहानगरपालिका-४ का स्थानीय अगुवा रुपेश थापाले बताउनुभयो ।

    पढाइ छोडेर बसेका, काम नपाएर फुर्सदमा बसेका युवा साथीसङ्गतको बहकाउमा परेर दुव्र्यसनीमा फस्ने गरेको उहाँको भनाइ छ । “यसअघि प्रायःजसो मधेसी समुदायमा लागुऔषधको दुव्र्यसनी देखिँदैन थियो”, उहाँ भन्नुहुन्छ, “तर पछिल्लो समय हरेक समुदायका युवा जमातमा ह्वात्तै त्यसको लत देखिन्छन् ।”

    “छोरालाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाउँदा पनि अभिभावकले आफ्नो छोरा लागुऔषध दुव्र्यसनमा लागेको पत्याउँदैनन्”, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजाल भन्नुहुन्छ, “लागुऔषधको दुव्र्यसनबाट बच्न अभिभावक, विद्यालय, शिक्षक र घरपरिवार आफैँ सचेत हुनुपर्छ ।”

    भारतबाट भित्रिने लागुऔषध र मकवानपुरमा हुने गाँजाखेतीलाई निरुत्साहित गर्न बिशेष अभियान नै चलाउँदै आएको प्रहरी उपरीक्षक रिजालको भनाइ छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.